बुधबार, २१ भाद्र काठमाडौँ / सरकारले आफुहरुलाई भूमिहीन तथा सडक चौडा, विकासको नाममा सुकुम्वासी, विस्थापित गर्न खोजेको भन्दै आन्दोलनरत उपत्यका सडक बिस्तार संघर्ष समितिको आव्हानमा भाद्र २१ गत बुधवार काठमाडौँको माइतीघर मण्डलामा भएको शान्तिपूर्ण धर्ना तथा जुलुसका सहभागी संग प्रहरीपको झडप भएको छ । झडपमा परि सडक विस्तार पीडित संघर्ष आन्दोलका अभियन्ता तथा केन्दीय सदस्य विद्या श्रेष्ठको हात भाचेको छ ।
राजधानीको माइतीघर मण्डलामा विभिन्न काठमाडौँ, ललितपुर, भक्तपुर, किर्तिपुरका अन्य संघर्ष समिति, लिबुवान, मगरात, खाससमाज, आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति महासंघ, मानवाधिकारका लागि वकिल समूह (laurnepal), नेवा:देदबूं लगायतको सहभागितामा प्रदर्शन गरेको हो । शान्ति पूर्ण र्ह्यालीको दौरानमा बानेश्वर बात माइतीघर फैकिदै गर्दा अकस्मात प्रहरीको हस्तक्षेपमा परि श्रेष्ठ लगाएत थुप्रै र्ह्याली सहभागी घाइते भएको अधिवक्ता जितेन्द्र बज्राचार्यले बताएको छ । सरकाले बिना मुवाब्जा घर भत्काई जग्गा अदिग्रहण गरि सडक विस्तार गर्न लागेको भन्दै परेको रिटमा सर्वोच्च अदालको पूर्ण इजलाशको बहस पश्चात बुधवार दिउसो १ बजे सडक विस्तारको विषयसमा फैसला सुनाइने भनिएपनि समय सार्दै दिउसो २ बजे सुनाउने भनिएकोमा फेरी ३ बजे समय सार गरर्दै असोज को २ गते को लागि तय गरेको छ । तीन हप्ताको लामो बहस पछि प्रतक्ष जनसरोकार रहेको बिषयेमा ढिलो गरि न्याय दिनु भनेको न्याय नदिनु सरह रहेको कानुनी सर्वमान्य सिदान्त रहेको अधिवक्ता बज्राचार्यले बताएको छ ।
उपत्येका सडक बिस्तार पिडित संघर्ष समितेले निकालेको बिज्ञप्ति