उपप्रधानमन्त्री महरा चीन प्रस्थान

उपप्रधानमन्त्री महरा चीन प्रस्थान

  • बुधबार, भदौ २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ , भदौ २१।
६ दिने राजकीय भ्रमणका लागि उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आज चीन प्रस्थान गर्नु भएको छ । उपप्रधानमन्त्री महरा परराष्ट मन्त्रालयको चीन हर्ने उत्तरपूर्वी महाशाखा प्रमुख तथा चीनका लागि नेपाली राजदूत सहित ७ सदस्यीय टोलीको नेतृत्व गर्दै आज विहान त्यस तर्फ प्रस्थान गर्नु भएको हो ।

चीनले केहि सयम पहिले नै भ्रमणको निमन्त्रणा गरे पनि चीन र भुटानको सीमा दोक्लममा भारत र चीनबीच उत्पन्न भएको तनाव साम्य भएको एक सातापछि मात्र उपप्रधानमन्त्री महराको टोली चीन भ्रमणमा गएको हो ।

महराले चीनको बेइजिङमा आफ्ना समकक्षी विदेशमन्त्री वाङ यीसँग दुईपक्षीय विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । त्यस क्रममा पारवहन सम्झौता कार्यान्वयनका लागि विभिन्न प्रोटोकल तय गर्ने काम खासै हुन नसकेको अवस्थामा त्यस विषयमा छलफल हुने परराष्ट मन्त्रालयले जनाएको छ ।

भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवाको चीन भ्रमणबारे पनि छलफल हुने बताइएको छ । महराले त्यहाँ प्रधानमन्त्री ली खछ्याङसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । सो क्रममा महराले प्रधानमन्त्रीको तर्फबाट चीनीयाँ प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ ।

यस्तै उपप्रधानमन्त्री महराले चाइना फरेन अफेयर्स युनिभर्सिटीमा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्ने र फर्कने क्रममा गोन्जाओमा ६ महिनाअघि खुलेको नेपाली महावाणिज्य दूतावासको उद्घाटन गर्ने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ