कर्णालीको मौलिक साँस्कृति प्रवद्र्धनका लागि अाज काठमाडौंमा उत्सव

कर्णालीको मौलिक साँस्कृति प्रवद्र्धनका लागि अाज काठमाडौंमा उत्सव

  • मङ्लबार, भदौ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं ,२० भदौ।
धनञ्जय बुढा
कर्णालीको मौलिक साँस्कृति प्रवद्र्धनका लागि आज (मंगलबार) राजधानीमा उत्सव आयोजना गरिँदैछ ।
कर्णालीका हुम्ला, डोल्पा, मुगु, जुम्ला र कालिकोटका युवाहरु आवद्ध कर्णाली समाज र साँस्कृतिक संसथानको संयुक्त आयोजना उक्त उत्सव गर्न लागेको समाजमा महासचिव सुरेन्द्र रावलले राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उक्त उत्सवको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको पनि महासचिव रावलले बताए । कर्णालीका मौलिक कला–सँस्कृतिको सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले सो उत्सव आयोजन ागर्न लागिएको बताए । कर्णालीको दीगो विकास र त्यस क्षेत्रका प्राकृतिक स्रोत–साधनको उच्चसदुपयोग गर्ने विषयमा सरकारको ध्यानाकर्षण गर्न उत्सव सफल हुने विश्वास लिएको समाजका अध्यक्ष प्रेमबहादुर बोहराले बताए ।
उत्सव मंगलबार बिहान ८ बजे राजधानीको भुकृटीमण्डपबाट र्यालीसाथ शुरु भई मुख्य शहरबजार परिक्रमपछि पुनः भृकुटीमण्डपमा ठूलो मेलामा परिणत हुने आयोजकले जनाएको छ । उत्सव कर्णालीका स्थानीय लरे, हुड्के, दमाह नाच, ठाडी भाका, देउडा, मारी, धामी, मागल, स्याप्रु, सहनाई, तथा झुडालगायत विशेष मौलिक कला र साँस्कृतिक प्रस्तुति प्रस्तुत गरिने जनाइएको छ ।
उत्सवलाई नेपाल पर्यटन बोर्ड प्रवद्र्धन गरेको छ भने संवाद डबली तथा अनलाइन डबली डट कमले ९यलष्लिभमबदबष्।िअयm० मिडिया पार्टनरको रुपमा रहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी