भाद्रा १९ काठमाडौँ / प्रहरीले राजधानीबाट अहिलेसम्मकै ठूलो मात्रामा सुन बरामद गरेको छ। काठमाडौँ उपत्येका भित्र केहिव्येक्तिले रसुवानाका बाट भन्सार छली अवैध रुपमा ठुलो परिमाणमा सुन चोरी पैठारी गरि कारोबार गर्दै गरेको भन्ने गोप्य सुचनाको आधारमा अपराध अनुसन्धान महाशाखाबात खटिएको टोलीले सोमबार बिहान काठमाडौँको क्षेत्रपाटिमा पार्किङ्ग गरि राखेको बा. अ .च ६४२७ नम्बरको टाटा सफारी STORME VX को पछाडी कालो टेपले बेरिएर राखेको अवस्थामा 1 Kilo Gold लेखिएको ८८ थान अबैध सुन बरामद गरेको हो । बरामद सुनको मुल्य ४३,०१ ,८८,६७९,२४ आजको मुल्य अनुशार रहेको छ । चीनसंगको रसुवा नाका बाट आएको उक्त गाडीमा तस्करले चेक जाँच छल्न नया जुक्ति चिनिया अक्षरमा र भाषामा ” VIP MOTORS ” का लोगो चारैतिर देखिने गरि राखिएको देखएको छ । महाशाशाखाको नियेंत्रन्मा रहेको उक्त गाडीको अन्य भित्रि स्थानामा पनि सुन लुकाएको हुनसक्ने आशंकामा नियेंत्रित गाडिको विभिन्न पुर्जा समेत खोलि तलास्ने काम भएको छ ।
अबैद सुनसहित पक्राउ परेका गाडीचालक मकवानपुर गाडी वडा न ५ ,बर्ष २४ का मनोज अधिकारिलाइ संगठित अपराध अन्तर्गत कारवाही गरिने र घटनामा संलग्न हुनसक्ने समुहको खोज तलास अनुसन्धान भैरहेको महाशाखाले जनाएको छ ।
VIP लोगो टासिएको तस्करमा प्रयोग गरिएको सवारीसाधन
