पुनःनिर्माणका लागि १३१ जनाले रु तीन लाख बुझे

पुनःनिर्माणका लागि १३१ जनाले रु तीन लाख बुझे

  • सोमवार, भदौ १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

 

बनेपा, १९ भदौ । काभ्रेपलाञ्चोकमा पुनःनिर्माणका लागि १३१ घरपरिवारले तीन पटक गरी प्रयेक घरपरिवारले रु तीन लाख लिएका छन् ।

भूकम्पपीडितले पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ता बापत रु एक लाख ५० हजार र तेस्रो किस्ताबापत रु एक लाख गरी कूल रु तीन लाख लिएका हुन् ।

जिल्लामा कूल ७२ हजार ४१७ भूकम्पपीडितले नाम दर्ता गरेका छन् । तीमध्ये ६३ हजार ८७० ले पहिलो किस्ताबापतको रु ५० हजार लगेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलले जनाएको छ । तर पनि भूकम्पपीडितले आवास निर्माण गरेका छैनन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुव गैडाले आवास निर्माण प्रक्रिया सुस्त भएको उल्लेख गर्दै विभिन्न कारणले पुनःनिर्माण प्रक्रिया तीव्र हुन नसकेको बताउनुभयो ।

उहाँले आठ हजार ५३३ जनाले आवास निर्माणको काम शुरु गरेको जानकारी दिँदै पहिलो किस्ताको रकम लगेर घरको जग निर्माण नै नगर्ने करिब ५५ हजार लाभग्राही भएको बताउनुभयो ।
प्राधिकरणका प्रमुख गैडाले जिल्लामा ११ हजार दुई जनाले आफूखुशी घर बनाएको भन्दै रकम दिन अस्वीकार गरेको उल्लेख गर्दै सरकारले तोकेको मापदण्डविपरीत निर्माण भएका घर सिफारिसमा नपर्ने बताउनुभयो ।

पानीको अभाव, समयमै इञ्जिनियर घर बनाउन गाउँ नगएको लगायतका कारणले पुनःनिर्माण प्रभावित भएको बताइएको छ ।

जिल्लामा लाभग्राहीको संख्या ६९ हजार ४३१ रहेको छ भने अनुदान सम्झौता भएकाको संख्या ६३ हजार ५११ रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ