बाढीले भत्काएका संरचनाको सेनाद्वारा पुनःनिर्माण शुरु

बाढीले भत्काएका संरचनाको सेनाद्वारा पुनःनिर्माण शुरु

  • सोमवार, भदौ १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

 

कञ्चनपुर (सप्तरी), १९ भदौ । हालैको बाढीले भत्काएका संरचनाको मर्मत र पुनःनिर्माण कार्यलाई नेपाली सेनाले तीव्र बनाएको छ ।

बाढीले जिल्लाको विभिन्न स्थानमा तटबन्ध, पुल, कल्भर्ट, सडक, विद्यालय लगायतका ७५ वटा संरचनामा क्षति पु¥याएपछि सरकारबाट पुनःनिर्माणको जिम्मा पाएको नेपाली सेनाले मर्मत र पुनःनिर्माण कार्यलाई तीव्र बनाएको हो । बाढीले जिल्लाको छ विद्यालय, पाँच वटा तटबन्ध, चार वटा पुल तथा दुई दर्जन कल्भर्ट र सडक खण्ड लगायतका संरचनामा क्षति पु¥याएको थियो । त्यसबाट स्थानीयको दैनिकी कष्टकर हुनुका साथै नजिकिँदै गरेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनसमेत प्रभावित हुने अवस्था आएको थियो । तर सेनाले जिम्मा पाएलगत्तै मर्मत र पुनःनिर्माण कार्य तीव्र गतिमा अघि बढेपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।

गत भदौ १२ गतेदेखि भीमदल गण तथा ओखलढुंगा, खोटाङ, पाँचथर र उदयपुरबाट समेत झिकाइएको सेनाको इञ्जिनियर तथा टास्क फोर्ससहितको करिब २०० जनाको टोली अहिले बाढीले भत्काएको संरचनामा मर्मत र पुनःनिर्माण कार्यमा दिनरात खटिरहेको पुनःनिर्माण कार्यका संयोजकसमेत रहेका सहायक रथी १८ नं का बाहिनीपति भरत पाठकले बताउनुभयो ।

शनिबार पुनःनिर्माण कार्यको स्थलगत निरीक्षण र अनुगमनका क्रममा पुगेका सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुने असोज २ गतेभन्दा पहिले नै बाढीले भत्काएका सबै संरचनाको मर्मत र पुनःनिर्माण गरिसक्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ