दुई, चार र ६ वर्षीया छोराछोरीलाई खोलामा छाडेर बाबुआमा हिँडेपछि ….

दुई, चार र ६ वर्षीया छोराछोरीलाई खोलामा छाडेर बाबुआमा हिँडेपछि ….

  • आइतवार, भदौ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १२ बांगलाको जर्रे खोलामा छाडेर बाबुआमा हिँडेपछि तीन बालबालिका वेवारिसे बनेका छन्। मालारानी गाउँपालिका हंशपुरमा घर भइ कामको सिलसिलामा डिभर्ना र ठूलापोखराको बीचमा पर्ने जरेखोलामा गिट्टी बालुवा तथा अन्य कामगरी जिबिका चलाइरहेका एक दम्पतीका तीन बच्चा अभिभावक बिहिन भएका हुन्।

दुई बर्षीया बालिका, चार र ६ बर्षका बालक छाडेर आमा अर्कै पुरुषसँग विवाह गरी गएकाले बालबालिका अलपत्र परेका हुन्। आमाले बिचल्ली पारेर गएको दुई महिना जति बुबाले पालनपोषण गरेका थिए। छोराछोरीको जिम्मेवारीबाट बुबा पनि पन्छिएर हिँडेपछि बालबालिकाका बेवारिसे भएको सन्धिखर्क नगरपालिकाका १२ का वडा अध्यक्ष नारायण खड्काले बताए।

बच्चालाई छिमेकीले तीन दिनसम्म त कही कतैबाट बुबा आमा आउलान र लैजालान भनेर स्याहार सुसार गरे तर तीन दिनसम्म पनि कोही सम्पर्कमा नआएपछि वडा अध्यक्ष नारायण खड्कालाई खबर गरेका थिए।

वेवारिसे बच्चा छन् भन्ने स्थानीयले खबर गरेपछि अध्यक्ष खड्काले शनिबार बच्चालाई उनले आफ्नै घरमा ल्याएर राखे। सन्धिखर्कमा ल्याइएका बालबालिकालाई स्थानीय पवित्रा भुसाल र गोमा सापकोटा रेग्मीले नुवाइधुवाई गरेर स्याहार सुसार गरेका छन्। स्थानीयले कपडा तथा चप्पलको व्यवस्था गरेपछि बालबालिका अहिले सन्धिखर्कमा छन्।

अहिले अध्यक्ष खड्का र पत्रकार तथा समाजसेवी सहयोगी बिसीले बच्चाको हेरविचार गरेका छन्। ‘बालबालिकाहरुको आमाबुबा खोज्ने प्रयास गरिरहेका छौँ,’ अध्यक्ष खडकाले भने।-अन्नपूर्ण पोष्टबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ