प्रहरी जवानले गरे किशोरीलाई बलात्कार

प्रहरी जवानले गरे किशोरीलाई बलात्कार

  • आइतवार, भदौ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

८ भदौ,बारा । १५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा वीरगन्जबाट एक प्रहरी जवान पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाको नयाँ बस्तीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरी जवानलाई स्थानीयले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएका हुन् ।

इलाका प्रहरी कार्यालय नगवामा कार्यरत प्रहरी जवान गोरख मौर्यले शनिबार राति घरमा अरु कोही नभएको मौका छोपी जबर्जस्ती करणी गरेको आरोपमा स्थानियवासीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।

किशोरीको मुख थुनेर करणी गरिरहेको अवस्थामा देखेर छिमेकीले होहल्ला गरेपछि स्थानीयले मौर्यलाइ कुटपिट गरी प्रहरीको जिम्मा लगाएका हुन् । पर्साका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले प्रहरी जवान मौर्यलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान सुरु भएको जानकारी दिए ।

पीडित किशोरी भने अहिलेसम्म प्रहरीको सम्पर्कमा नआएको भन्दै उनले पीडित किशोेरीका अभिभावकलाई जाहेरी लिएर प्रहरी कार्यालयमा आउन खबर गरेको छ।

प्रहरी जवान मौर्य र किशोरीबीच पहिलादेखि नै चिनजान भएको र शनिबार राति भने किशोरीले नै घरमा बोलाएको तर, प्रहरी जवान घरमा पुगेर बहिनीसँग बसेको दाइले देखेपछि डराएर किशोरीले बलात्कारको आरोप लगाएको अारोपित प्रहरीको दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ