काठमाण्डौ , १८ भदौ ।
आसन्न प्रदेश नम्बर २ मा हुने तेश्रो चरणको स्थानीय तह निर्वाचनका लागि खटिएका मतदान अधिकृतहरु आजदेखि आ–आफ्ना कार्यक्षेत्रमा पुगेका छन् ।
निर्वाचनमा खटिएका मतदान अधिकृत लगायतका कर्मचारीहरु आज देखि अ–आफ्ना कार्यक्षेत्रमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
धनुषामा आज आयोजित पत्रकार सम्मेलनमा मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जिल्लाका १८ स्थानीय तहमा आजबाट निर्वाचन अधिकृत सहित अरु कर्मचारी कार्यक्षेत्रमा पुगेको जानकारी दिनुभयो ।
निर्वाचन कार्यक्रम अनुसार अगामी बुधवार उम्मेद्वारी दर्ता गराउने कार्यक्रम छ । मुख्य निर्वाचन अधिकृत उप्रेतीले निर्वाचन गतिविधि तथा मतगणनाको नतिजा बारे सञ्चारकर्मीलाई जानकारी गराउन नेपाल पत्रकार महासंघ धनुषाको सहकार्यमा सुचना डेस्क बनाउने गृहकार्य भई रहेको समेत जानकारी दिनुभयो ।
धनुषामा एक उपमहानगर, ११ नगरपालिका, ७ गाउँपालिका गरी कुल १८ स्थानीय तह छन् । जिल्लामा ३ लाख ८९ हजार ३ सय ९१ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।