प्रदेश-२ मा एक नम्बर पार्टी बनाउने माअाेवादीकाे निर्णय

प्रदेश-२ मा एक नम्बर पार्टी बनाउने माअाेवादीकाे निर्णय

  • शनिबार, भदौ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

 

वीरगन्ज , १७ भदाै । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)लेतेश्रो चरणको निर्वाचनमा सबै भन्दा बढी स्थानीय तह जितेर प्रदेश नम्बर २ मा माओवादी केन्द्रलाइ पहिलो नम्बरको पार्टी बनाउने निर्णय नै गरेको छ ।
आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी वीरगन्जमा शनिबार बसेकाे माओवादी केन्द्रको केन्द्रीय सचिवलाय बैठकले प्रदेश नम्बर–२ मा सबै भन्दा बढी स्थानीय तहमा जित हात पार्दै पार्टीलाई पहिलो नम्बरको पार्टी बनाउने निर्णय गर्दै त्यसका लागि रणनीति पनि बनाएको हाे ।

बैठकले गरेका निर्णय सार्वजनिक गर्दै अध्यक्ष दाहालले शनिबार वीरगन्जमा बसेको सचिवालय बैठक प्रदेश नम्बर–२ मा हुने आसन्न स्थानीय तहको निर्वाचनमै केन्द्रित रहेको र बैठकले सबै भन्दा बढी सिट जितेर पार्टीलाई पहिलो नम्बरको पार्टी बनाउने निर्णय गरेको जानकारी दिनुभयाे ।

निर्वाचनलाई लक्षित गरेर मधेसका जिल्ला दौडाहमा रहेको जानकारी दिदै प्रचण्डले सर्लाही र रौतहटमा मात्रै दुई चार दिन यता भएका कार्यक्रममा विभिन्न दलका केन्द्रीय स्तरका नेतासहित नौ हजार नेता कार्यकर्ता माओवादीमा प्रवेश गरिसकेकाे र  अरु जिल्लामा पनि माओवादी प्रति मधेसी जनताको प्रवेश गर्ने लहर नै चलेकोले प्रदेश नम्बर–२ मा एक नम्बर पार्टीको रुपमा स्थापित हुने प्रबल सम्भावनाउहाँले भन्नुभयाे ।

 

स्थानीय तह तथा प्रदेशसभा र प्रतिनिधी सभाको निर्वाचनपछि फेरि पनि संविधान संशोधनका लागि प्रयास गर्ने निर्णय सचिवालय बैठकले गरेको जानकारी अध्यक्ष दाहालले दिनुभयाे ।

 

माओवादी सचिवालय बैठकले मधेसका बाढीपीडित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसंग माग गर्ने निर्णय पनि गरेको छ । सचिवालय बैठकमा भारत भ्रमणका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका विषयमा दिएको अभिव्यक्तिका विषयमा पनि छलफल भएको अध्यक्ष दाहालले जानकारी दिनुभयाे ।

शनिबार वीरगन्जमा बसेको सचिवालय बैठकमा गृहमन्त्री जनार्दन शर्मा , परराष्ट्रमन्त्री कृष्ण महारा , शहरी विकासमन्त्री प्रभु साह, सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतका साथै सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ , अमिक शेरचन, रामबहादुर थापा बादल, मातृका यादव, हितराज पाण्डे, गोपाल किराँती, दीनानाथ शर्मा, वर्षमान पुन, महेश्वर दाहाल, पार्टीकी प्रवक्ता पम्फा भुषाल लगायतको सहभागीता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ