चुनाव हुने ८ जिल्लामा उच्चस्तरको अनुगमन टोली परिचालित

चुनाव हुने ८ जिल्लामा उच्चस्तरको अनुगमन टोली परिचालित

  • शनिबार, भदौ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं भाद्र १७, ।

निर्वाचन आयोगले आसन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनको तयारीका बिषयमा स्थलगत निरिक्षण गर्न उच्चस्तरीय अनुगमन टोली खटाएको छ ।

असोज २ गतेका लागि तय दुई नम्बर प्रदेशको स्थानीय तह चुनावका लागि आयोगले चार जना आयुक्तको नेतृत्वमा उच्चस्तरको अनुगमन टोली निर्वाचन हुने ८ जिल्लामा खटाएको हो ।२ नं प्रदेशका आठ जिल्लाका १३६ स्थानीय तहको निर्वाचनको समग्र तयारीको अवस्था, सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिताको पालना र सुरक्षा बन्दोवस्तलगायतका सम्पूर्ण पक्षको अनुगमन गर्न निर्वाचन आयुक्त त्यसतर्फ जानुभएको छ ।

उच्चस्तरीय अनुगमन गर्न आयुक्तमध्ये धनुषा र महोत्तरीमा इला शर्मा, रौतहट र सर्लाहीमा नरेन्द्र दाहाल, पर्सा र बारामा ईश्वरीप्रसाद पौड्याल तथा सप्तरी र सिरहमा सुधीरकुमार शाह जानुुभएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा उहाँहरूले सम्बन्धित जिल्लास्थित कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाजलगायतसँग छलफल र अन्तत्र्रिmया गर्नुहुने कार्यक्रम रहेको छ ।

हालैको बाढीबाट क्षतिग्रस्त सडक, कल्र्भट र पुलको मर्मतको अवस्था, मतदान स्थल र मतदान केन्द्रलगायत अवस्थाको अध्ययन गरी निर्वाचनका लागि आवश्यक व्यवस्थापन मिलाउन आवश्यकताअनुसार सम्बन्धित निकायलाई उहाँहरुले निर्देशन दिनुहुनेछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ