काठमाडौं ,१७ भदौ ।
इस्लाम धर्मावलम्वीहरुको पर्व बकर ईद आजदेखि शूरु भएको छ । ईदुल जोहाको नामले पनि चिनिने यस पर्वका अवसरमा इस्लाम धर्मालम्वीहरुले विहानै मस्जिद गएर नमाज पढ्ने गर्दछन् ।
त्यसपछि इष्मित्रसंग खुशी साटासाट गर्ने गर्दछन् । आज शूरु भएको पर्व पर्सी तीन दिनसम्म मनाइन्छ ।
पर्वका अवसरमा आज इस्लाम धर्मावलम्वीहरुले आफन्त र इष्ट मित्रलाई डाकेर आफ्नो गच्छे अनुसार खानपीन गरेर रमाइलो गर्ने गर्दछन् ।
पर्वको अवसरमा सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline