सु्र्खेत, भदौै १७ ।
अरनिको राजमार्गअन्र्तगतको बाह्रबिसे काठमाण्डौ सडकखण्डको महभीरको सडक पुरा भास्सिनुका साथै कल्लेरी र जुरेमा पहिरो गएको छ ।
अविरल वर्षाको कारण सडकखण्ड भास्सिनु र विभिन्न स्थानमा पहिरो जाँदा सवारी साधन ठप्प भएका हुन् । बाह्रबिसे, तातोपानीबाट राजधानी जाने प्रमुख सडक बुधवार बिहान देखि भास्सिन थालेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।
सडक खण्डको विभिन्न स्थानमा पहाड झर्न थालेपछि अझैसम्म सडकको अवरोध खोल्न नसकिएको प्रहरीले जनाएको छ ।
बर्खा लगत्तै बाह्रबिसे काठमाण्डौ सडकखण्डको महभीर, जुरे, कल्लेरी र बलेफी जस्ता स्थानमा दैनिक पहिरो अवरुद्ध बनाउने भास्सिने गरेको छ । बुधवार बेलुकी देखि अबरुद्ध सडक शुक्रवार बेलुकी केही समय खुलेपनि जुरे, कल्लेरीमा पहिरो र महभिरमा सडक अवरुद्ध भएपछि आज बिहानैदेखि पुनः आवतजावत ठप्प भएको छ ।
यसैबीच कर्णाली राजमार्गको सुर्खेत(जुम्ला सडकखण्डको कालिकोट सडकखण्डमा पर्ने गगने खोलामा पाँच दिन अघिदेखि निरन्तर पहिरो गहिरहेको छ ।
कालिका गाउँपालिकाको एसमोड नजिकै पर्नेे गगने खोलामा मंगलबारदेखि निरन्तर ठूलो पहिरोजादाँ राजमार्ग ५ दिनदेखि अवरुद्ध बनेको हो ।
अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहे पनि सम्भव नभएको प्रहरीले जनाएको छ । गएको साता गएको पहिरो पन्छाएर सडक सुचारु भएको हप्ता दिन नपुग्दै पुनः पहिरो गएको छ ।
राजमार्गमा छिनछिनमा पहिरो जाने गरेका कारण कर्णाली राजमार्ग हँुदै आवागमन गर्ने दैलेख, कालिकोट, जुम्ला र मुगुका बासिन्दा दैखोलाबाट पैदल हिँड्न बाध्य छन् ।