सोलुखुम्बु, १७ भदौ । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा भएको जिप दुर्घटनामा ल्हाक्पा देण्डी शेर्पाको मृत्यु भएको छ ।
दूधकोशी गाउँपालिका, वाकुका शेर्पाको विवाहका लागि केटी हेर्न जाने क्रममा आज ना १ ज ५६७८ नम्बरको जिप दुर्घटना हुँदा मृत्यु भएको हो ।
जिपमा सवार २९ वर्षीय शेर्पा केटीको घर नपुग्दै जिप दुर्घटनामा परेका थिए ।
११ जना यात्रु बोकेको जिप सडकबाट तल खस्दा अन्य चारजना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंँ ल्याईएके ओखलढुंगाका प्रहरी नायब उपरीक्षक अर्जुन तिमल्सिनाले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline