आजपनि उपत्यकासहित देशभर वर्षा हुने , कहाँ कहाँ आउछ बाढी ?

आजपनि उपत्यकासहित देशभर वर्षा हुने , कहाँ कहाँ आउछ बाढी ?

  • शनिबार, भदौ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ १७ भदौ ।
काठमाडौ उपत्यकासहित देशका अधिकांश स्थानमा आज पनि वर्षा हुने जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ ।

मनसुनी न्यूनचापिय रेखा नेपाल नजिकै रहेको तथा पूर्वमा उत्तर–दक्षिण भएर रहेको न्यूनचापिय रेखाको प्रभावले देशका अधिकांश स्थानमा पानी पर्ने मौसमविद विभूति पोख्रेलले बताउनुभयो ।

पानी परेसँगै पूर्वको झापाबाट पश्चिममा कञ्चनपुरसम्म चुरेबाट प्रवाह हुने सबै साना नदी तथा महाभारतबाट प्रभाव हुने कन्काई, कमला, बागमती, तिनाउ, पश्चिम राप्ती, बबई, मोहना लगायतमा पानीको सतह बढ्ने बाढी पूर्वानुमान शाखाले अनुमान गरेको छ ।

ती नदीमा पानीको सतहले खतराको तह पार नगरेपनि बाढी आउने भएकाले नदी आसपासका बासिन्दालाई आइतबार बिहानसम्म नै सावधानी अपनाउन शाखाले आग्रह गरेको छ ।

यस्तै पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको भन्दै भिरालो जमिन आसपासमा बस्दा सतर्क हुन पनि शाखाले सुझाव दिएको छ । आइतबारदेखि भने पानी पर्न विस्तारै कम हुदै जाने मौसमविदले अनुमान गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ