काठमाडौ १७ भदौ ।
सिरहामा माओवादीका युवा नेतालाई गोली हानी फरार रहेका भनिएका एक अभियुक्तलाई प्रहरीले सात महिनापछि पक्राउ गरेको छ ।
धनुषाको हतमुण्डाका २२ वर्षीय विष्णुदेव सहनीलाई जिल्ला प्रहरी कार्यालय धनुषाको क्राइम ब्राञ्चको टोलीले आज बिहान पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सहनीसहित पाँचजनाको समूहले २०७३ साल फागुन १ गते सिरहाको मिर्चैयाका नेकपा माओवादी केन्द्रका स्थानीय युवा नेता मोहम्मद लालु खानलाई गोली प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घटना पश्चात फरार रहेका सहनी प्रहरीको आत्यधिक खोजीको सूचिमा रहेका थिए । पक्राउ परेका सहनीलाई ईलाका प्रहरी कार्यालय मिर्चैया पठाउने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline