काठमाडौं ,भाद्र १७ ।
प्रधानसेनापति राजेन्द्र कुमार क्षत्री एसिया प्रस्तान्त क्षेत्रका सेना प्रमुखहरुको बार्षिक सम्मेलनमा सहभागीता जनाउन क्यानडा जादैँ हुनुहुन्छ ।
अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमान्ड र क्यानडियन फोर्सको संयुक्त तत्त्वावधानमा क्यानडाको भिक्टोरियामा सोमबारदेखि हुने तीन दिने एसिया प्रशान्त क्षेत्रीय देशहरूका सैनिक प्रमुखहरूको वार्षिक सम्मेलनमा भाग लिन प्रधानसेनापति क्षत्री आज साझ त्यसतर्फ जान लाग्नुभएको हो ।
सम्मेलनमा इन्डो–एसिया प्यासिफिकको अवस्था, उग्रवादरचरमपन्थीको नियन्त्रण तथा रोकथामको तयारी र शान्ति सहकार्यजस्ता विषयका फरकफरक सत्रमा प्रधानसेनापति क्षत्रीले नेपालको धारणा प्रस्तुत गर्नुहुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
क्षत्री सम्मेलनमा सहभागी भएर त्यहाँबाट नै यूएई प्रस्थान गर्नुहुनेछ । समकक्षी हमाद मोहम्मद थानी अल रुमैथीको निमन्त्रणा यूएई पुगेर उनले सैनिक प्रमुखहरूको वार्षिक सुरक्षा सम्मेलनमा सहभागिता जनाउने निर्देशनालयले जनाएको छ ।
दश दिने विदेश भ्रमण सकेर प्रधानसेनापति क्षत्री भदौ २८ मा स्वदेश फर्कने छन् ।