खण्डहर बन्दै मुलुकको प्रशासनिक भवन सिंहदरबार

खण्डहर बन्दै मुलुकको प्रशासनिक भवन सिंहदरबार

  • शनिबार, भदौ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, भदौ १७ । ०७२ साल १२ वैशाखको भूकम्पले क्षतिग्रस्त बनेको मुलुकको प्रशासनिक भवन सिंहदरबार खण्डहर बन्दै गएको छ ।

भूकम्पलगत्तै सरकारले भवनलाई प्रवलीकरण गर्ने निर्णय गरे पनि अझै त्रिपालले छोपेर राखिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भवनको अध्ययन सुरु भएको जनाएको छ । प्राधिकरण प्रवक्ता यमलाल भुसालले भवनका कलात्मक कोठाबारे विज्ञ राखेर अध्ययन थालिएको र जीर्ण स्थानमा टेको लगाउने काम सुरु गरिएको जानकारी दिए ।

वर्षामा पानीबाट जोगाउन त्रिपालले छोपिएको उनले बताए ।

सरकारी निकायबीच समन्वय हुन नसक्दा र जिम्मेवारीवोध हुन नसक्दा सिंहदरबारको प्रमुख प्रशासनिक भवनको मर्मत अघि बढ्न नसकेको हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ