दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको काम थाल्न माग

दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको काम थाल्न माग

  • शुक्रबार, भदौ १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

बारा, भदौ १६ । बाराको निजगढस्थित दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण कार्य अघि बढाउन सरोकारवालाहरुले माग गरेका छन् ।

सिमरामा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी सरोकारवालाहरुले विमानस्थल निर्माण कथा बन्दै गएको बताउँदै निर्माण कार्य चाँडै थाल्न जोड दिएका थिए ।

नागरिक उड्डयन मन्त्री जितेन्द्र देव संयोजक रहेको दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल उच्चस्तरीय समन्वय सहजीकरण समितिका सदस्य सांसदहरुले विमानस्थल निर्माणको समस्याका रुपमा करिब १६ सय घरधुरी रहेकोले यसको उचित समाधान चाँडो गर्नुपर्नेमा राज्यको ध्यान केन्द्रित गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए ।

मन्त्री देवले बस्तीकै बासिन्दाले विकास चाहँदै निकास खोजेकोमा खुशी ब्यक्त गर्नुभयो ।
उहाँले मन्त्रालयबीचको समन्वयको अभावले निर्माण गति सुस्त देखिएको प्रष्ट पार्दै राज्य संचालन प्रक्रियामा एकले अर्कामाथि दोष थुपार्ने परम्परा बनिरहँदा राष्ट्रिय गौरवका योजनाहरुको काम अघि बढ्न नसकेको बताउनु भयो ।

२०५२ सालमा प्रारम्भिक प्रतिवेदनबाट सुरु भएको विमानस्थलको चर्चा अझै चर्चा मै सीमित छ । आयोजना स्थल रहेको जिल्लामा पहिलो पटक सार्वजनिक सुनुवाई भएको छ ।

८ हजार ४५ हेक्टरमा निर्माण हुने विमानस्थल निर्माणका लागि ५४ करोड ५० लाख अमेरिकी डलर अनुमानित लागत रहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ