काठमाडौ ,१६ भदौ ।
सरकारले दशै तिहार जस्ता चाडपर्वलाई लक्षित गरी आजदेखि काठमाडौं उपत्यकाका १३ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ ।
नेपाल खाद्य संस्थान, नेशनल ट्रेडिङ, साल्ट ट्रेडिङ लिमिटेड र दुग्ध विकास संस्थानले सहुलियत पसबकल सञ्चालन गर्न लागेको हो । दसैँदेखि छठसम्मका लागि काठमाडौं उपत्यकाका टेकु, सतुंगल, कालीमाटी, कोटेश्वर, सिंहदरबार, थापाथली, बल्खु, जोरपाटी, ललितपुरको जावलाखेल र भक्तपुरको सूर्यविनायकमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।
आपूर्ति मन्त्रालयका अनुसार नेपाल खाद्य संस्थानले चामल र गेडागुडी बिक्री गर्नेछ भने साल्ट ट्रेडिङ नुन, चिनीसँगै अन्य खाद्यान्न तथा दुग्ध विकास संस्थानले पनिर, घिउ लगायतका दुग्भ पदार्थ सहुलियत मल्यमा बिक्रि गर्ने जनाएको छ ।
उपत्यकासँगै बाहिरी जिल्लामा पनि माग अनुसारका स्थानमा सुपथ मुल्य पसल सञ्चालन गरिने आपूर्ति मन्त्रालयका सह प्रवक्ता बाबुराम भुसालले जानकारी दिनुभयो ।
यस्तै नेपाल खाद्य संस्थानले दसैँका लागि झण्डै दुई हजार ५ सय खसी च्याङ्ग्रा काठमाडौँ ल्याउने भएको छ । संस्थानले एक हजार ५ सय खसी र एक हजार च्याङ्ग्रा ल्याइने विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिनुभयो ।
संकलित खसीच्याङ्ग्रा राजधानीको थापाथलीस्थित संस्थानको अंचल कार्यालयबाट घटास्थापनापछि बिक्री गरिनेछ ।