फेसबुकमार्फत ३४ जनालाई ठग्ने यी युवती , अन्तत : पक्राउ परिन

फेसबुकमार्फत ३४ जनालाई ठग्ने यी युवती , अन्तत : पक्राउ परिन

  • शुक्रबार, भदौ १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

विदेशी गिरोहसँग मिली दर्जनौँ नेपालीलाई फेसबुकमार्फत ठगी गर्ने सोलुखुम्बु घर भई बौद्ध बस्ने युवती पक्राउ परेकी छन् । ३३ वर्षीया आङलेमी शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

शेर्पालगायत व्यक्तिले विदेशबाट महँगो पार्सल पठाएको भन्दै फोन गर्न लगाउने र त्यसका लागि भन्सार शुल्क चाहिने भन्दै भारतबाट फोन गर्न लगाई पैसा मगाएर ठगी गर्दै आएको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् ।

हालसम्म त्यस्तो गिरोहले ३४ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरिसकेको प्रहरीले जनाएको छ । शेर्पा एक सहकारीमा काम गर्थिन् । उनले पार्सलका लागि भनेर विभिन्न व्यक्तिले पठाएका पैसा लिएर विदेश पठाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

सो घटनामा धेरैजसो महिला पीडित भएका छन् । फेसबुकमा विदेशी नाममा फ्रेन्ड रिक्वेस्ट पठाउने र चिनजान गरी सम्बन्ध विस्तार गरी उनीहरूले ठगी गर्दै आएका थिए । आफू धनी व्यक्ति भएको भ्रममा पारी गिफ्ट पठाइदिने लोभमा फसाएर ठगी गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ