जनयुद्धका घाइते योद्धा तथा माओवादी केन्द्रका सांसद योगेन्द्र घिसिङले गरे संसद्‍बाट राजीनामा : यस्ताे छ कारण

जनयुद्धका घाइते योद्धा तथा माओवादी केन्द्रका सांसद योगेन्द्र घिसिङले गरे संसद्‍बाट राजीनामा : यस्ताे छ कारण

  • बिहिबार, भदौ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं

दश वर्षे जनयुद्धका घाइते योद्धा नेकपा (माओवादी केन्द्र)का सांसद योगेन्द्र घिसिङले संसद्‍बाट राजीनामा दिएका छन्। पार्टीको केन्द्रीय समिति र कुनै पनि तहको पार्टीगत जिम्मेवारीमा नरहेको बताउँदैसंविधान सभाको दोस्रो चरणको निर्वाचनमा ललितपुरबाट समानुपातिक सांसद बनेका घिसिङले सभामुख ओनसरी घर्ती र प्रमुख सचेतक रेखा शर्मालाई राजीनामा पत्र बुझाएका हुन्।  उनले भने, ‘नदीको बेगले आफ्नो बाटो आपै पहिल्याएर बग्छ। केन्द्रीय सदस्य एवं कुनैपनि तहको जिम्मेवारीमा नरहने र वर्तमान व्यवस्थापिका संसदको सदस्य परित्याग गरिएको जानकारी गराउँछु।’

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पार्टी हित विपरित काम गरेको आरोप लगाउँदै घिसिङलाई माओवादीको ललितपुर जिल्लासमितिले पार्टीबाट निस्काशन गरेको थियो। उनी पार्टीको केन्द्रीय सदस्य तथा राजनैतिक सम्वाद तथा सहमति समिति र सार्वजनिक लेखा समितिमा सदस्य समेत थिए ।

उनले राजीनामा दिँदै २७ वर्षको राजनीतिक यात्रामा जेल नेल र अमानवीय यातना भोग्नु परेको बताएका छन्। साथै उनले देशका लागि रगत र शारीरिक अङ्ग समर्पित गर्न पाउँदा गौरवान्वित महशुस गरेको बताएका छन्।

नेपाली राजनीति यथास्थितिमा रहेको बताउँदै उनले राजनीतिक दलहरुको भ्रमपूर्ण व्यवहारका कारण इमान्दार, देशभक्त, स्वाभिमानी र प्रतिभावान राजनैतिक कार्यकर्ताहरु विक्षिप्त हुन पुगेको बताएका छन्। ‘चुनाव र पार्टी महाधिवेशनमा मात्र कार्यकर्ता उपयोगको संस्कार बिडम्बना र दुर्भाग्यपूर्ण हो’ उनले भने, ‘यसमा गम्भीर खेद प्रकट गर्न चाहन्छु।’

उनले माओवादी केन्द्रको मुख्य नेतृत्व मुठिभर मानिसको घेराबन्दीमा रहेर गुट सञ्चालन गरेको र पार्टीले जनजाति, मधेसी, दलित र मुस्लिमको आर्थिक, शैक्षिक र सभ्यताको विकास र सम्मानमा उचित विचार र कार्यनीतिको अभाव देखिएको बताएका छन्।

‘केन्द्रदेखि वडासम्म आफ्‍नो खल्तीको चिट र सनकबाट भजनमण्डली तयार गर्दै स्वाभिमानी, इमान्दार र प्रतिभावान पंक्तिलाई बाटो बन्द गरी अलोकतान्त्रिक निरंकुश शैली चलाएर अन्तरपार्टी लोकतन्त्रको निरन्तर धज्जी उडाइएको छ,’ उनले विज्ञप्तिमार्फत भने, ‘यसको परिणाम पार्टी विभाजन र विघटनमार्फत अभिव्यक्त भइरहेको छ।’ उनले नेपाली जनताको विकास र सम्बृद्धिमा निरन्तर समर्पित भइरहने प्रतिबद्धता समेत जनाएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ