बिआरआईमा रहेर व्यापार विस्तार गर्नुपर्छ : परराष्ट्रमन्त्री

बिआरआईमा रहेर व्यापार विस्तार गर्नुपर्छ : परराष्ट्रमन्त्री

  • बिहिबार, भदौ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

 

काठमाडौँ, १५ भदौ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले चीनले शुरु गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) भित्र रहेर मुलुकको व्यापार विस्तार गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल चाइनिज गाइड एशोसिएसन (नेगा)को आज यहाँ उद्घाटन गर्दै परराष्ट्रमन्त्री महराले भन्नुभयो, “नेपालले बिआरआईबाट फाइदा लिन सक्नुपर्छ ।” मन्त्री महराले नेपालको महत्वपूर्ण पर्यटकीयस्थल लुम्बिनीको विकास र प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउनुपर्नेमा जोड दिँदैनेपाली र चिनियाँबीच राम्रो सम्बन्ध विकासमा लुम्बिनी महत्वपूर्ण गन्तव्य हुने उल्लेख गर्नुभयोे ।
परराष्ट्रमन्त्री महराले द्रुत विकासमा चीनका पर्यटकको आगमन बढ्दै गएको उल्लेख गर्दै नेपाल–चीनबीच ऐतिहासिक सम्बन्ध थप प्रगाढ बनाउन पथप्रदर्शकको महत्वपूर्ण भूमिका हुने विचार व्यक्त गर्नुभयो ।
सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत यु होङले चिनियाँ सरकारले नेपालको पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । कार्यक्रममा सांसद टेकबहादुर गुरुङ, नेकपा (एमाले) पर्यटन विभाग प्रमुख सूर्य थापालगायतले छिमेकी मुलुक चीनबाट बढी पर्यटक भित्र्याउन सके पर्यटनको माध्यमबाट नेपालको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा संस्थाका तर्फबाट अनुभवी पथप्रदर्शक ८१ वर्षीय किसनबहादुर नगरकोटीलाई सम्मान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ