सिंहदरबार नै टेकोको भरमा , मूल भवनमा टेको लगाउन शुरु

सिंहदरबार नै टेकोको भरमा , मूल भवनमा टेको लगाउन शुरु

  • बुधबार, भदौ १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

 

काठमाडौँ, १४ भदौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेको सिंहदरबारको प्रवलीकरणका लागि टेको लगाउन ९स्काफोल्डिङ० शुरु गरेको छ ।

प्राधिकरणले वर्षा लागेसँगै सिंहदरबारको मूल भवनलाई पानीबाट बचाउन प्लाष्टिकको ओत लगाएको थियो । सिंहदरबारलाई प्रवलीकरण ९रेट्रोफिटिङ० गर्ने निर्णय यसअघि नै भइसकेको छ । प्रवलीकरण गर्ने कामदार भित्र छिर्न सकियोस् भनी टेको लगाउन थालिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले राससलाई जानकारी दिनुभयो ।

भूकम्पपछि लामो समय सिंहदरबारलाई पुनःनिर्माण गर्ने कि प्रवलीकरण गर्ने भन्ने विवाद चलेको थियो । प्राधिकरण कार्यकारी समिति बैठकले अवलोकन गर्न सकिने तर कार्यालयका रुपमा प्रयोग नगर्ने गरी ऐतिहासिक भवनलाई सुरक्षित राख्न प्रवलीकरण गर्ने निर्णय गरेको थियो ।

राणा प्रधानमन्त्री चन्द्रशम्शेरले विसं १९६० मा निर्माण गरेको सिंहदरबार पछि सरकारले किनेको थियो । राणाकालमा ‘घरकाज अड्डा’ नामक संस्थाले यो दरबार बनाएको हो । विसं २०३० मा आगलागी भएपछि सिंहदरबारको पश्चिमी भागबाहेक अरु सबै भाग पुनःनिर्माण गरिएको हो । प्रवलीकरण सकेपछि सिंहदरबारलाई अवलोकनका लागि खुला गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ