काठमाडौ भदौ १४।
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन पहिलो पटक निर्वाचन बाट हुदै छ ।
संगठनको नेतृत्वका लागि आकांक्षी धेरै भएपछि सहमति जुट्न नसक्दा आज निर्वाचन बाट नयाँ नेतृत्व चयन हुन लागेको हो । त्यसका लागि राजधानीको कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयमा दिउसो १ बजे पछि मतदान प्रक्रिया सुरु हुने बताइएको छ ।
यस अघि विहान ९ बजेबाट मतदान प्रक्रिया सुरु हुने बताए पनि प्राविधिक कारणले मतदानको सयममा हेरफेर गर्नु परेको संगठनले जनाएको छ । मतदान साँभm ६ बजे सम्म जारी रहेने छ।
पार्टी नेतृत्वले आफ्नो कुनै आधिकारीक उम्मेदवार नभएको र सम्मेलनमा कुनै हस्तक्षेप नगर्ने बताए पछि खुला निर्वाचनबाट नेतृत्व चयन को प्रक्रिया सुरु हुन लागेको संगठनका सचिवालय सदस्य निर्मल तामाङले जानकारी दिनुभयो ।
संगठनको नयाँ नेतृत्वका लागि अनिल शर्मा र रन्जित तामाङ प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । ३३ पदाधिकारी सहित २ सय ४३ पदका लागि झण्डै ३ सय जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेतृत्वका लागि आकांक्षी धेरै भएपछि सहमति जुट्न नसक्दा गत आइतबार नै सक्ने भनिएको संगठनको २१ औं राष्ट्रिय सम्मेलन लम्बिएको हो । सम्मेलनमा दुई हजार १५ प्रतिनिधि सहभागी छन् ।