जनकपुर ,१३ भदौ ।
संविधान संशोधनमा एमालेले असहयोग गरेको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताले एमाले नेताहरुमाथि ढुङ्गा प्रहार गरेका छन् ।
एमालेको कार्यक्रम विथोल्न पुगेका राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ता र प्रहरीबीच जनकपुरको पिडारी चोकमा झडप भएको हो ।
एमाल दुई नम्बर प्रदेशको मोर्चा संठगनको प्रशिक्षण कार्यक्रम चलिरहेका बेला राजपाका कार्यकर्ताले कालो झण्डा देखाउँदै एमाले नेतालाई लक्षित गरी ढुंगा प्रहार गरेका थिए ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र एमाले सचिव गोकर्ण बिष्ट सहभागी कार्यक्रममा राजपा कार्यकर्ताले ढुंगा प्रहार गरेपछि प्रहरीले रोक्न खोज्दा दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।
झडपपछि पिडारी चोक तनाव ग्रस्त बनेपछि स्थानीय प्रशासनले सो क्षेत्रको सुरक्षा ब्यवस्था कडा पारेको छ ।
संविधान संशोधनमा एमालेले असहयोग गरेको भन्दै राजपा कार्यकर्ताले नेता नेपाल, सचिव बिष्ट लगायत सहभागी कार्यक्रममा अवरोध र्पुयाएका हुन् ।