नाङ्गो अवस्थामा मकैबारीमा भेटियो महिलाको शव !

नाङ्गो अवस्थामा मकैबारीमा भेटियो महिलाको शव !

  • मङ्लबार, भदौ १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

बनेपा,१३ भदौ ।  काभ्रेको बनेपा नगरपालिका ८ पुण्र्यवती खोला नजिकै मकैबारीमा मंगलबार दिउँसो एक महिलाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्र्रेका अनुसार अन्दाजी ४०/४५ बर्षकी महिलाको बेवारिसे अवस्थामा मकैबारीमा रहेको शव स्थानीको सूचनाको आधारमा फेला पारेको हो।

महिलाको परिचय र ठेगाना भने खुल्न नसकेको ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक भक्त श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रारम्भिक अनुसन्धानका आधारमा महिलाको हत्या भएको हुनसक्ने बताए। ‘हत्या वा आत्महत्या पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र थाहा हुन्छ।’

मंगलबार बिहान स्थानीले मकैबारीमा शब देखेपछि प्रहरीलाई खवर गरेका थिए। मृतक महिलाको शव नजिकै फुटेका चुरा, गम्सा, पटुका फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ