मालपोतका नासु कार्यालयमै मदिरामा लठ्ठ भएपछि…

मालपोतका नासु कार्यालयमै मदिरामा लठ्ठ भएपछि…

  • सोमवार, भदौ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

कन्चनपुर । कन्चनपुरस्थित जिल्ला मालपोत कार्यालयमा कार्यरत् नायव सुब्बा धर्मराज जोशी आइतबार कार्यालय समयमै मदिरा सेवन गरेर अर्धचेत अवस्थामा भेटिएका छन् ।

सेवाग्राही आफ्नो काम गराउनका लागि नायव सुब्बाको कार्यकक्षमा जाँदा उनी मदिराको नसामा लठ्ठ भएर टेबलमाथि खुट्टा राखेर सुतिरहेको अवस्थामा भेटिएका थिए ।

उनलाई यस्तो अवस्थामा देखेपछि सेवाग्राहीले कार्यालय प्रमुखलाई जानकारी गराए ।

कार्यालय प्रमुखले सो कुरा थाहा पाएपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरमा खबर गरे । तत्कालै प्रहरी टोली आयो र नासु जोशीलाई नियन्त्रणमा लियो ।

जोशीलाई वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा राखिएको छ ।

नासु जोशी यसअघि पनि पटक–पटक कार्यालय समयमा मदिरा सेवन गरेर आउने गरेको र कार्यालयमै सम्झाउने गरिएको भएपनि उनले आफूहरुले भनेको कुरालाई बेवास्ता गर्दै गएपछि बाध्य भएर प्रहरी बोलाउनुपरेको प्रमुख मालपोत अधिकृत गोविन्दप्रसाद अधिकारीले बताए ।

साथै, यस्ता गैरजिम्मेवार कर्मचारीहरुलाई विभागीय कारबाही गरिनेसमेत अधिकृत अधिकारीले बताए ।

मालपोत अधिकृत अधिकारीले यस्ता घटना दोहोरिन नदिन र सेवालाई चुस्त–दुरुस्त गर्न तल्लो तहका कर्मचारीलाई कडा निर्देशन दिने जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ