यातायात व्यवसायीले दसैँका लागि नयाँ गाडी नथप्ने

यातायात व्यवसायीले दसैँका लागि नयाँ गाडी नथप्ने

  • सोमवार, भदौ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

काठमाडौं, भदौ १२ । यसपालिको दसैँका लागि व्यवसायीले नयाँ गाडी नथप्ने भएका छन् । पुराना गाडीकै मर्मत गरेर दसैँमा सञ्चालन गर्ने तयारी भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

लगानीको वातारण नबनेका लागि नयाँ गाडी खरिद गर्न नसकेको यातायात व्यवसायीले बताएका छन् । दसैँ आउन एक महिना मात्र बाँकी रहे पनि सरकारसँग कुरा नमिलेको भन्दै महासंघले अझै टिकट बुकिङ खुलाएको छैन ।

लामो रुटका गाडीको भाडादर पुरानै भएकाले वैज्ञानिक समायोजन गर्नुपर्ने महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो । इन्धनको भाउ घट्नासाथ भाडा घटाउने गरिएको तर गाडीको पार्टपुर्जा र लुब्रिकेन्ट्सको भाउ बढेका आधारमा भाडा नबढ्दा मर्का परेको उहाँको भनाई छ ।

यस्तै व्यवसायीले दसैँमा चल्ने गाडीमा छत राख्न पाउनुपर्ने माग पनि गरेका छन् । बसभित्र सामान राख्दा कोचाकोच हुने हुँदा छतमा सामान राख्न पाउनुपर्ने व्यवसायीको तर्क छ । सरकारले अहिले छतमा यात्रु र कुनै पनि सामान राख्न रोक लगाएको छ ।

यसैबीच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैँका लागि घर जानेहरुका लागि आउँदो बिहीबार टुंगो लाग्ने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ