यसवर्ष पनि दसैँ तिहारमा हिरो र यामाहाको मोटरसाइकल किन्दा छुट र अफर

यसवर्ष पनि दसैँ तिहारमा हिरो र यामाहाको मोटरसाइकल किन्दा छुट र अफर

  • सोमवार, भदौ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, भदौ १२ – हरेक वर्ष जस्तै यसवर्ष पनि दसैँ, तिहार लगायत चाडपर्वलाई लक्षित गरी मोटरसाइकल कम्पनीले नयाँ योजना ल्याएका छन् । नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङले ‘यो दसैँ तिहारमा भाग्यमनी भए’ भन्ने नयाँ योजना ल्याएको छ ।

योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्डमार्फत १ हजारदेखि १ लाख रुपैयाँसम्म पाउन सक्ने र साप्ताहिक बम्पर लक्की ड्र उपहार स्वरुप एकजनाले १ लाख रुपैयाँ पाउने कम्पनीले  जनाएको छ ।

यस्तै यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले पनि दसैँ तिहारलाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘क्यास इन ओ’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले तुरुन्तै ७ हजार रुपैयाँ छुट पाउनेछन् । यस्तै साप्ताहिक लक्की ड्र मार्फत एकलाख रुपैयाँ पुरस्कार र बम्पर पुरस्कारमा ब्रान्ड न्यू स्कोडा र्‍यापिड जित्न सक्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी