ताहाचलमा ‘ग्याङफाइट’ : एकजनाको मृत्यु, पाँच घाइते

ताहाचलमा ‘ग्याङफाइट’ : एकजनाको मृत्यु, पाँच घाइते

  • सोमवार, भदौ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, भदौ १२ । ताहचलको बैदेशिक रोजगार कार्यालय छेउमा पसल राख्ने सम्बन्धी विवाद भएको ‘ग्याङफाइट’मा एकजनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

आक्रमणमा बाफलका राजु भनिने रामबहादुर श्रेष्ठको मृत्यु भएको हो । ताहचलको बैदेशिक रोजगार कार्यालयमा श्रम भर्न जानेहरुका लागि विमा गर्ने तथा फर्म भन्ने पसल संचालन गर्ने तयारीमा थिए श्रेष्ठ ।

तर, साथीहरुले नै गत शुक्रबार बेलुका खुकुरी हानेर उनको हत्या गरे । योजनाबद्ध रुपमा भेट्न बोलाएर उनको हत्या भएको छ ।

घटनामा अन्य चारजना घाइते भएका छन् । घाइतेमध्ये विकास गुरुङ र विवेक खत्री अस्पतालमा उपचार गराइरहेका छन् । अन्य दुई जना सामान्य घाइते छन् ।

ताहचलमा विमाको एजेन्टका रुपमा काम गर्ने सुवेदी ‘खैरे’को समूहले श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ ।

सुवेदी र उनका सहयोगीहरु राम दर्जी र लक्ष्मण दर्जीविरुद्ध मृतकका परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् । हत्यामा संलग्न तीनैजना फरार छन् । -नयाँ पत्रिका दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ