दलीय स्वार्थ र पूर्वाग्रहबाट मुक्त हुन सुझाव

दलीय स्वार्थ र पूर्वाग्रहबाट मुक्त हुन सुझाव

  • आइतवार, भदौ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

 

भद्रपुर, ११ भदौ । दलीय स्वार्थभन्दा माथि उठी पूर्वाग्रहबाट मुक्त भएर बिना भेदभाव काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई झापाका राजनीतिक दलले सुझाव दिएका छन् ।
संवाद समूह झापाको संयोजनमा आज बिर्तामोडमा भएको छलफलमा राजनीतिक दलका प्रमुखले जनप्रतिनिधिलाई स्थानीय सरकार र जनताको अभिभावकका रुपमा साझा भएर काम गर्न सुझाव दिएका हुन् ।
‘स्थानीय तह सञ्चालनका चुनौती र समाधानमा राजनीतिक दलको सुझाव’ विषयमा संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले सहजीकरण गरेको छलफलमा जनप्रतिनिधि दलीय सोच र घेराबाट माथि नउठ्दा कतिपय ठाउँमा विवाद र द्वन्द्वको सम्भावना बढेको बताउँदै पार्टीका नेताले त्यस्तो अवस्था आउन नदिन समयमै सचेत बन्न आग्रह गरेका छन् ।

खासगरी प्रकोपपीडितका समस्याप्रति संवेदनशील बन्दै राहत वितरण, विकास र समृद्धिका लागि अग्रसर हुन जनप्रतिनिधिलाई जिल्लास्थित राजनीतिक दलले सुझाएका छन् ।

त्यस्तै स्थानीय तहको सञ्चालनका लागि आवश्यक स्थानीय तह सञ्चालन योजना तथा कार्यविधि, संघीय र प्रदेश कानून यथाशीघ्र निर्माणका लागि राजनीतिक दलले सरकारसमक्ष माग गरेका छन् ।

नेपाली काँग्रेसका सभापति उद्वव थापा, नेकपा (एमाले)का जिल्ला अध्यक्ष चिन्तन पाठक, नेकपा (माओवादी केन्द्र)का जिल्ला इञ्चार्ज झलकसिंह दर्लामी, राप्रपाका जिल्ला सचिव केशवप्रसाद ओझा, राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्ष सूर्यनारायण गणेश, नया ँशक्ति पार्टीका जिल्ला अध्यक्ष कुमार क्षेत्री, संघीय समाजवादी फोरम नेपालका जिल्ला उपाध्यक्ष संगीता रौनियार, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष पर्शुराम मगर दर संघीय लिम्बूवान मञ्चका जिल्ला अध्यक्ष धनबहादुर पन्धाक सुब्बाले जनप्रतिनिधिलाई साझा भएर जनहितको काम गर्न सुझाव दिनुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ