गोरुको नाममा ‘गाई’को तस्करी

गोरुको नाममा ‘गाई’को तस्करी

  • आइतवार, भदौ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

बर्दिबास  ।

गोरुको नाममा महोत्तरीमा राष्ट्रिय जनावर गाईको तस्करी भएको रहस्य खुलेको छ । दुई जनालाई इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीले भन्सार छली गर्दै गोरुको नाममा भारत तर्फलैजाँदै गरेको एक ट्रक गाई सहित पक्राउ गरेपछि उक्त रहस्यको पर्दाफास भएको हो । पक्राउ पर्नेमा बारा निवासी ४० बर्षीय ट्रक चालक कृष्ण राई र रुपन्देहीका साविकको बर्दावार गाविसका समसुल होदाबन्जरा रहेको डिएसपी प्रविण पोखरेलले जानकारी दिए । प्रहरीले ३ वटा गोरु र २७ गाई सहित उनीहरुलाई पक्राउ गरेको छ।

पूर्व—पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासस्थित भोला बसन्त चोकबाट प्रहरीले बिशेष सुराकीको आधारमा एक ट्रक गाईसहित उनीहरुलाई पक्राउ गरेको हो ।ना.६ क. ३८४१ नम्बरको ट्रकमा बर्दिवास —औरही —जलेश्वर सडक खण्ड हुँदै भारततर्फ लैजादै गर्दा चेकजाँचको क्रममा अबेर राति प्रहरीले राई र बन्जरालाई पक्राउ गरेको हो ।

गोरुको नाम दिएर गाईको नक्कली कागजात तयार गरेर तस्करी गरेर भारत लादैं गर्दा प्रहरीले नियन्त्रणमा लिएको ट्रक र पक्राउ गरेका व्यक्तिहरुलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय भिठ्ठामोड जलेश्वर पठाइएको छ । १० लाख मुल्य कामय गर्दै प्रहरीले गाइलाई भन्सार कार्यालय पठाएको हो ।

लुम्विनी चौपाया खरिद बिक्री सप्लायर्स हेटौंडा-८ का संचालक आशराम श्रेष्ठले चौपाया आफुले उत्पादन गरेको र स्वस्थ्य रहेको भनी पशु स्वास्थ्य परिक्षण पत्रमा दावी गरेका छन् । हेटौडाबाट बिक्री गरेको चौपायाको स्वस्थ्य रहेको पत्र जिल्ला पशुसेवा कार्यालय नवलपरासीबाट जारी गरिएको कागजातमा उल्लेख छ । फेरी बिक्री गरेको किसानको नाम बिक्री गरेको बिलमा अनिल यादव उल्लेख छ । फरक फरक कागजातमा गाइको ठाउँमा गोरुको संख्या लेख्दै केरमेट गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाई भारत र बंगलादेशतर्फ लैजान लागेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । महोत्तरीमा खुल्ला सीमा नाकाका कारण दैनिक गाईको नाममा भन्सार छलि गर्दै गोरु भारततिर तस्करी हुदै आएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ