धर्म गर्ने मन भए कठोर ब्रत हैन पीडित सहयोग गरौँ !

धर्म गर्ने मन भए कठोर ब्रत हैन पीडित सहयोग गरौँ !

  • आइतवार, भदौ ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

रौतहट, भदौ ११ । नेपाल बिद्यार्थी संघकी सहमहामन्त्री साधना घिमिरेले ब्रत बस्न छाडेर यस पटकको तीजमा तराईको बाढी पीडितको घर आँगनमा बिताएकी छिन् । उनी मात्र हैन नेपाल विद्यार्थी संघकी केन्द्रिय सदस्य रेखा परियार, पवित्रा गौली र नमिता चौधरीको यसपटकको तीज बाढिपीडित लाई राहत बितरण गर्न मै बितेको छ ।

नेपाली महिलाहरुको महान पर्व तीजको दर खान क्याम्पसका विद्यार्थी, प्राध्यापक, कर्मचारीहरुबाट संकलन गरिएको रकम बाट उनीहरुले तराईको बाढिपीडितलाई मलम लगाउने काम गरेका छन ।

तीजको अन्तिम ऋषी पन्चमीको दिन उनीहरुले रौतहटको परोहा नगरपालिका–१ मा रहेका जिगडिया बस्तीका दुईसय जनालाई कपडा सहितको खाद्यन्न बितरण गरेका छन ।

निराहार ब्रत बसेर महादेवको पुजा–आराधना गरेमा ठुलो पूण्य मिल्ने धार्मीक विश्वास बिपरित उनीहरु तीजको दर खाने दिन देखि ऋषीपन्चमीको दिनसम्म बाढिपीडितको घर आगनमा राहत बितरण गर्नमै समय बिताएका छन ।

उनीहरु भन्छन् ‘कठोर ब्रत बस्नु भन्दा पीडामा परेकालाई राहत दिनु ठुलो धर्म हो, त्यसैले यसपटक राहत संकलन गर्दा गर्दै तीज पर्ब आयो यही मौकामा हामीले रौतहट र सप्तरीका बाढिपीडितलाई राहत बितरण गरेका छौ ।’

उनीहरुले सप्तरीको सिसवामा रहेका अठार दलित घर परिवारलाई खाद्यान्न, यस्तै घोड़घासमा बाडीले बगाएको १५ घर परिवारलाई पाच हजार पाँच रुपैयाँ आर्थिक सहयोग समेत गरेका छन ।

यस्तै रौतहटको परोहा नगरपालिका–९ जिगडवाका बाढि पीडित २० घर परिबारलाई एक महिना पुग्ने गरी नेपाल विद्यार्थी संघ म्याग्दीले पाँच लाख पच्चहत्तर हजार बराबरको खाद्यान्न, दाल चामल, नुन तेल त्रिपाल, ओड्ने ओछ्याउने, लगायतका सामग्री हस्तान्तरण गरेका छन् ।

म्याग्दीका विद्यार्थीहरुले खाजा खर्च कटाएर रौतहटका बाढिपीडित लागि राहत संकलन गरेर बितरण गरिएको नेबिसंघ म्याग्दीका अध्यक्ष निर्मल खत्रिले बताए ।

उनले पुर्नअबस्थामा नआउन्जुलेसम्म थोरै सहयोगले पनि ठुलो काम गर्ने भएकाले यो सहयोग बाढिपीडितलाई गरिएको बताए ।

भुइचालोले घरबारबिहीन बनेका पहाडका पीडितलाई तराईबाट समेत राहत पुगेको थियो भने यस पटक तराईको बाढी पीडितलाई पहाड बाट समेत राहत आइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ