प्रेमपत्रको रहस्य खुलेपछि ६ कक्षा पढ्ने बालिकाले गरिन् आत्महत्या

प्रेमपत्रको रहस्य खुलेपछि ६ कक्षा पढ्ने बालिकाले गरिन् आत्महत्या

  • शनिबार, भदौ १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाण्डाै , १० भदाै ।

‘समीर म तिमिलाई माया गर्छु, ‘आई लभ यू सो मच एण्ड मिस यू सो मच’, मैले यो जीवनमा तिमी बाहेक अरुलाई सोच्न समेत सकेको छैन। कसम म तिमी बाट टाढा हुन सक्दिन्। तिमी बिनाको जिन्दगी सोच्न समेत सक्दिन।’

‘समीर हामीले बा आमाको सपना पुरा गर्नुछ। तर, मैले सकिन तिमीले पूरा गर्नु। तिम्रो बा आमासंग स्कुल पढाउने खर्च नहोला, म तिमीलई खर्च दिन्छु पढ। स्कुल आऊ।’

‘म बाबु आमाकी एक्ली छोरी हुँ। जे भने पनि मान्नुहुन्छ। तिम्रो लागि पैसाको व्यवस्था म गरौँला तर तिमी सधैँ स्कुल आऊ ल। सुनेको छु, तिमी पत्रिका बेचेर हिँड्छौ रे ! अब हिड्नु पर्दैन।’

समिर तिमी कति दुःख गर्छौँ है ! तिमीले मलाई मनपराए पनि नपराए पनि म सधँ तिमीलाई माया गरिराख्छु। मेरो प्रेम प्रस्ताव स्वीकार। मलाई भन्न लाज लागे मेरी साथी दीपा चौलागाई भन्नु ल !’

‘माया जबरजस्ती गरिने कुरा पनि होइन। तिमी मलाई माया गर्र्छौँ वा गर्दैनौँ भोलि एउटा कापिको पानामा लेखेर दिनुहोला समिर। ‘आई लभ यू समिर’ म तिमीलाई सधैँ माया गरिराख्ने छु।

यी माथिका बुँदा १३ वर्षीया बालिका निर्मला सुनुवारले आफ्ना प्रेमी समीर श्रेष्ठलाई आत्महत्या गर्नुअघिको प्रेमपत्रमा लेखेकी हुन्।

काभ्रेको रोशी गाउँपालिका १ खहरेपागुकी निर्मलाले प्रेमिको नाममा प्रेमपत्र लेखेर आत्महत्या गरेकी छिन्। प्रेमीलाई लामो पत्र लेखेर बनेपा ७ स्थित डेरामा बस्दै आएकी निर्मला कोठाको पङ्खामा झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बनेपाले बताएको छ।

प्रहरीका अनुसार चैतन्य माविमा कक्षा ६ मा पढ्दै आएकी उनले सोही विद्यालयको कक्षा ६ मा अध्यनरत समीर श्रेष्ठलाई माया गर्छु भन्दै लेखेको प्रेमपत्र शव संगै फेला परेको हो।

एकै कक्षामा पढ्दै आएका श्रेष्ठ र सुनुवार केही समयदेखि प्रेम सम्बन्ध रहेको प्रहरी अनुसनधानबाट खुलेको छ। मोबाइलमा कुराकानी नभए पनि पत्र मार्फत् मायाको कुरा हुने गरेको प्रहरीले जनाएको छ। शनिबार साँझ कोठामा संगै बसेका दाजुहरुले प्रेम बारे थाहा पाएसंगै उनले लेखेको पे्रमपत्र फेला पारेका थिए। दाजुले प्रेमको कुरा थाहा पाएपछि आइतबार बिहान कोठाको पङ्खामा झुण्डिएको अवस्थामा निर्मलाको शव भेटिएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धाबाट निर्मलाको मृत्युको कारण प्रेम सम्बध नै रहेको खुलेको छ। दाजुले प्रेमपत्र फेला पारेसंगै लाज वा डरले आत्महत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यलयका सई भक्त श्रेष्ठले जानकारी दिए। -अन्नपूर्णा पाेष्ट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ