काठमाडौं , ९ भदौ ।
नेपाल पत्रकार महासंघको नवनिर्वा्चित कार्यसमितिले आज कार्यभार सम्हालेको छ ।
राजधानीको सञ्चारग्रामस्थित महासंघको कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच नवनिर्वा्चित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका हुन् ।
सो अवसरमा महासंघका नवनिर्वा्चित अध्यक्ष गोविन्द आचार्यले निर्वाचनको परिणामसंगै आफुहरु कुनै गुट र झुण्डको पछि नलागेर सम्पूर्ण पत्रकारको हक हितमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महासंघ पत्रकारहरुको साझा मन्दिर रहेको उल्लेख गर्दै उहाँले नवनिर्वा्चित कार्यसमिति पनि पत्रकारकै एजेण्डामा केन्द्रित हुने बताउनुभयो ।
गत भदौ ४ र ५ गते राजधानीमा सम्पन्न महासंघको २५ औं महाधिवेशनले आगामी तीन बर्षका लागि गोविन्द आचार्यको अध्यक्षतामा ४८ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
महासंघको उपाध्यक्षमा विपुल पोख्रेल तथा आदिवासी जनजाति उपाध्यक्षमा दिलिप थापा मगर निर्वा्चित हुनु भएको छ । त्यसैगरि महासचिवमा रमेश विष्ट निर्वा्चित हुनुभयो ।
खुल्ला सचिव रामप्रसाद दाहाल , महिला सचिवमा लक्ष्मी पुन , आदिवाशी जनजातीमा उदय जी.एम. , मधेसी शीतलप्रसाद महतो , दलितमा रेमबहादुर विश्वकर्मा र एसोसिएटतर्फ प्रकाश थापा निर्वा्चित हुनु भएको छ । कोषाध्यक्षमा राजेश मिश्र निर्वा्चित हुनुभयो ।
त्यसैगरि सदस्यमा जन्मदेव जैसी (खुल्ला), हरिहर सिंह राठोर (खुल्ला), नकुल अर्याल (खुल्ला), लक्ष्मण कार्की (खुल्ला), टेकराज शाही (खुल्ला), सृजना अर्याल (महिला), जानुका बराल (महिला), श्वेता सिन्हा (महिला), गोपाल बराइली (दलित), मधु शाही (दलित),टेकराज थामी (आदिबासी), राजेश चाम्लीङ राई (आदिबासी), अवधेश कुमार झा (मधेशी), सुरेश कुमार यादव (मधेशी), माधवप्रसाद चम्लागाई (अपाङ्ग), छेटु शेर्पा (अल्पसंख्यक) निर्वाचित हुनुभयो ।
यस्तै, उद्धव तिमिल्सिना (प्रदेश नं १), सटेन्द्र जवेगु (प्रदेश नं १), देवकुमार यादव (प्रदेश नं २), शैलेन्द्र झा (प्रदेश नं २),द्धारिका काफ्ले (प्रदेश नं ३), कृष्ण गिरी (प्रदेश नं ३), नविनराज कुइकेल (प्रदेश नं ४), रामकृष्ण ज्ञवाली (प्रदेश नं ४), पुरुषोत्तम सुवेदी (प्रदेश नं ५), बसन्त गिरी (प्रदेश नं ५), पूर्णप्रसाद चौलागाई (प्रदेश नं ६), कलेन्द्र सेजुवाल (प्रदेश नं ६), मिन बम (प्रदेश नं ७), श्यामदत्त भट्ट/उत्तर सिंह विष्ट (प्रदेश नं ७), लेखनाथ न्यौपाने (उपत्यका ८), गोविन्द चौलागाई (उपत्यका ८), यम विरही (प्रतिष्ठान ९),टिकाराम प्रधान (प्रतिष्ठान ९), पवन आर्चाय (एसोसिएट १०), राधेश्याम दाहाल (एसोसिएट १०) निर्वाचित हुनु भएको छ । त्यसैगरि लेखासमिति संयोजकमा रोशन पुरी निर्वाचित हुनु भएको छ भने लेखा समिति सदस्यमा भुपेन्द्र आचार्य (खुल्ला) र मिरा राजभण्डारी (महिला) निर्वाचित हुनु भएको छ ।