मोटरसाइकल दुर्घटनामा घाइते दुवैको मृत्यु

मोटरसाइकल दुर्घटनामा घाइते दुवैको मृत्यु

  • बिहिबार, भदौ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

तिलोत्तमा, भदौ ८ ।

रुपन्देही देवदह नगरपालिका भलुहीमा मोटरसाइकल एकापसमा ठोक्किँदा गम्भीर घाइते भएका दुईजनाको उपचारका क्रममा आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल–१६ का सुमुन कुँवर र सुनवल नगरपालिका वडा नं २ का दिवाकर यादव रहेका छन् । उनीहरुको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि उक्त दुर्घटनामा रुपन्देही पर्रोहा नगरपालिकाका २४ वर्षीय खेमराज थापा र नवलपरासीे रामग्रामका २५ वर्षीय सुरज चौधरीको मृत्यु भएको थियो ।

थापाले चलाएको लु२३प १०२८ नम्बर र चौधरीले चलाएको लु३३प ७०८३ नम्बरको मोटरसाइकल आज दिउँसो एकापसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ