भारतीय लगानीकर्ताहरूलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह

भारतीय लगानीकर्ताहरूलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह

  • बिहिबार, भदौ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, भदौ ८ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गरेकी छन् ।

भारतको पाँचदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू भारतीय उद्योग परिसंघ, भारतीय उद्योग वाणिज्य महासंघ र भारतीय व्यावसायिक संस्था एसोचेमले संयुक्तरूपमा नयाँदिल्लीमा नेपाल–भारत व्यावसायिक फोरम बैठक गरेका थिए ।

उक्त बैठकलाई नेपाली निजी क्षेत्रको तर्फबाट सम्बोधन गर्नेक्रममा राणाले नेपाल सरकारले सबै प्रकारको लगानीका लागि उपयुक्त वातावरण बनाउँदै गएको भन्दै ढुक्क भएर लगानी गर्न भारतीय लगानीकर्ताहरूलाई विश्वास दिलाएकी हुन् ।

अध्यक्ष राणाले नेपालमा आफूहरुले विगतदेखि नै औंल्याउँदै आएको लगानीको वातावरणमा मुख्य तगारो बनेको राजनीतिक अस्थिरता नयाँ संविधानको घोषणासँगै अन्त्य हुंँदै गएको बताइन् ।

साथै, उनले राजनीतिक नेतृत्वबाट आर्थिक मुद्दालाई मुख्य प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त भइसकेको स्मरण गराएकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी