गृह मन्त्रालयले फेर्‍यो २२ सिडियो, को कहाँ पुगे ? हेर्नुस्

गृह मन्त्रालयले फेर्‍यो २२ सिडियो, को कहाँ पुगे ? हेर्नुस्

  • बिहिबार, भदौ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाण्डौ, भदौ ८ ।

गृह मन्त्रालयले २२ प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ३१ जनालाई काजमा पठाएको छ । काजमा पठाइएकामा १० सहसचिव र १२ उपसचिव छन्।

गृहका सहसचिव सीताराम कार्कीलाई सुर्खेत, गृहकै चन्द्रमान श्रेष्ठलाई उदयपुर, विष्णु पोखरेललाई इलाम पठाएको छ।

यसैगरी चक्रबहादुर बुढालाई गृहमन्त्रालयबाट मकवानपुरको सीडीओ बनाएर पठाइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद दुवाडीलाई गृहमन्त्रालयमा तानिएको छ ।
आसमान तामाङलाई सिन्धुपाल्चोक, नारायणप्रसाद भट्टराईलाई बर्दिया र चन्द्रमान श्रेष्ठलाई उदयपुरको सीडीओ बनाएर पठाइएको छ । कास्कीका सहक्षेत्रीय प्रशासक विष्णु पोखरेललाई इलाम र बर्दियाका विष्णुबहादुर थापालाई बाग्लुङ सरुवा गरिएको छ ।

प्रहरी किताबखानामा रहेका मदन भुजेललाई कपिलवस्तुको सीडीओ बनाएर पठाइएको छ । कपिलवस्तुका सीडीओ विष्णुप्रसाद ढकाललाई भने प्रहरी किताबखानामा तानिएको छ ।

उपसचिवतर्फ विष्णु पौडेललाई जुम्ला, दिलिप लामिछानेलाई रामेछाप, विश्वराज न्यौपानेलाई दैलेख, बद्रीनाथ गैरेले कालिकोट सरुवा गरिएको छ ।

मकवानपुरमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी हरी पन्तलाई मनाङ, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा रहेका पुष्पराज शाहीलाई जाजरकोट, एकदेव अधिकारीलाई खोटाङ र धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी किशोर चौधरीलाई अछामको सीडीओ बनाएर पठाइएको छ ।

यस्तै कालिकोटका प्रजिअ गिरीधारी सुवेदीलाई उपक्षेत्रीय प्रशासक बनाएर कास्की सरुवा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ