राजकीय सम्मानका साथ राष्ट्रपति भवनमा बस्न पाएकोमा प्रधानमन्त्री देउवा खुशी

राजकीय सम्मानका साथ राष्ट्रपति भवनमा बस्न पाएकोमा प्रधानमन्त्री देउवा खुशी

  • बिहिबार, भदौ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौं , काठमाडौँ, ७ भदौ ।

भारतको पाँच दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राजकीय भ्रमणका क्रममा राष्ट्रपति भवनमा बस्न पाएकोमा खुशी व्यक्त गरेका छन्।

अंग्रेजीमा सम्बोधन गरेका देउवाले सम्बोधनको सुरुमै राष्ट्रपति भवनमा राजकीय सम्मानसहित बस्न पाएकोमा खुशी व्यक्त गरेका हुन्। प्रधानमन्त्री देउवाले आफू चौथो पटक प्रधानमन्त्री भएर भारतको भ्रमणमा आएको बताउदै नेपाल र भारतबीचका मुद्दामा बृहत् छलफल भएको बताए।

देउवाले जलस्रोत, ऊर्जा, कनेक्टीभीटीलगायत विषयमा प्रचुर सम्भावना रहेको र तीनलाई उपयोग गर्न दुवै देशले मिलेर काम गर्नुपर्ने उल्लेख गरे।

प्रधानमन्त्री देउवाले तत्काल संविधान संशोधनका लागि बहुमत नपुगे पनि एक दिन यो प्रक्रिया पूरा भएरै छाड्ने दाबी समेत गरेका छन्। ‘तत्कालका लागि दुई तिहाई बहुमत पुगेन तर हामी एक दिन अवश्य संविधान संशोधन गर्नेछौँ,’ प्रधानमन्त्री देउवाले मोदीकै अगाडि भने।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ