सिन्धुलीमा गाडीको ठक्करले एकको मृत्यु , बिपी राजमार्ग अवरुद्ध

सिन्धुलीमा गाडीको ठक्करले एकको मृत्यु , बिपी राजमार्ग अवरुद्ध

  • बिहिबार, भदौ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

सिन्धुली , ८ भदौ । 

बिपी राजमार्गमा बोलेरो गाडीको ठक्करबाट मोटरसाइकलमा सवार ४० वर्षीय रामकृष्ण श्रेष्ठको मृत्यु भएको छ ।

रामटारबाट दुम्जा तर्फ गइरहेको श्रेष्ठ सवार बा ३५ प ९३२२ नम्बरको मोटरसाइकललाई काठमाडौंबाट सिन्धुलीतर्फ आउँदै गरेको बा १४ च २४९३ नम्बरको बोलेरोले ठक्कर दिँदा सिन्धुलीको सुनकोसी गाउँपालिका ५ रामटारका श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको हो ।

गाडीको ठक्करले श्रेष्ठको मृत्यु भएपछि स्थानीयले बिपी राजमार्ग अवरुद्ध गरेका छन् । मृतकलाई उचित क्षतिपूर्ति र बोलेरोको चालकलाई कडा कारबाहीको माग गर्दै उनका आफन्त र स्थानीयले बिहीबार दिउँसो १ बजेबाट बिपी राजमार्ग अवरुद्ध गरेका हुन् ।

स्थानीयले श्रेष्ठको शव सडकमै राखेर प्रदर्शन थालेपछि बिपी राजमार्गको दुम्जा–खुर्कोट सडकखण्ड अन्तरगत सुनकोसी गाउँपालिका ५ रामटारमा अवरुद्ध भएको छ ।

मृतकका आफन्तले सडक अवरुद्ध गरेपछि बिपी राजमार्ग हुँदै काठमाडौं जाने आउँने सयौं सवारी साधन अलपत्र परेको सिन्धुलीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ