सशस्त्र प्रहरी जवानको हत्या,एकाएक यसरी चुडियो खुसी

सशस्त्र प्रहरी जवानको हत्या,एकाएक यसरी चुडियो खुसी

  • बिहिबार, भदौ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

महेन्द्रनगर ,भदौ ८  ।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा एक सशस्त्र प्रहरी जवानको बुधवारराति हत्या भएको छ । सशस्त्र प्रहरी भन्सार गुल्म गड्डाचौकीमा कार्यरत २४ वर्षीय सशस्त्र प्रहरी जवान नरबहादुर कुँवरको हत्या भएको हो । भीमदत्त नगरपालिका ६ ऐठपुर नहर नजिकै ढुङ्गाले टाउँको थिचेर उनको हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।

सशस्त्र प्रहरी भन्सार गुल्ममा कार्यरत प्रहरी जवान कुँवर बुधबार बेलुका ६ बजे कार्यालयबाट घर जान भनी हिडेका थिए । बिहीबार हरितालिका तीज भएको र श्रीमती समेत घर आएकाले उनी बुधबार बेलुका नै कार्यालयबाट घर जाने भनि हिडेका थिए ।

उनकी श्रीमतीसमेत सशस्त्र प्रहरीमै कार्यरत रहेकी छिन् । उनी सशस्त्रको अत्तरियास्थित वैद्यनाथ बाहिनीमा कार्यरत छिन् । घटनास्थलमा उनको म २ प ६२३ नम्बरको मोटरसाइकल, पर्स, सवारीको कागजात सहित परिचयपत्र समेत फेला परेको छ । शव भन्दा २५÷३० मिटरको टाढा उनको मोटरसाइकल पल्टिएको अवस्थामा भेटिएको छ भने पर्स सहितका कागजात नहरमा भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । ‘घटनाको प्रकृति हेर्दा ढुङ्गाले थिचेर हत्या गरिएको देखिन्छ’ उनले भने,‘ उनको किन र कसले हत्या गरेको हो भन्ने बारे छिट्टै तथ्य खुल्ने छ’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ