भूकम्पपीडितलाई तेस्रो किस्ता चाँडै नै उपलब्ध गराइने

भूकम्पपीडितलाई तेस्रो किस्ता चाँडै नै उपलब्ध गराइने

  • बुधबार, भदौ ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

चौतारा (सिन्धुपाल्चोक), ७ भदौ । सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतसहित सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ अन्तर्गत नगरपालिका तथा गाउँपालिकाका नवनिर्वाचित पदाधिकारी सम्मानित हुनु भएको छ ।

नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति सिन्धुपाल्चोक क्षेत्र नं २ को आयोजनामा सिन्धुपाल्चोकको चौतारामा आज आयोजित कार्यक्रममा सञ्चारमन्त्री बस्नेतलगायत नगर तथा गाउँपालिकाका निर्वाचित पदाधिकारीलाई सिन्धुपाल्चोक क्षेत्र नं २ स्थित नेपाली काँग्रेस क्षेत्रीय कार्यसमितिले सम्मान गरेको हो ।

सो अवसरमा मन्त्री बस्नेतले आगामी मंसिर १० गते हुने प्रदेश र संघीय संसद्को निर्वाचनमा काँग्रेसका सबै कार्यकर्ता एक ढिका भएर निर्वाचनमा होमिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री बस्नेतले भूकम्पपीडितका लागि उपलब्ध गराइने किस्ताबन्दी रकममध्ये दुई किस्ताको रकम उपलब्ध गराइसकिएको र तेस्रो किस्ता चाँडै नै वितरण गर्ने तयारी भइरहेको जानकारी गराउनुभयो । उहाँले मुलुक भरका सम्पूर्ण गाउँगाउँमा टेलिफोन तथा मोबाइल सेवा उपलब्ध गराउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको बताउनुभयो ।

कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं २ का सभापति टंकबहादुर कार्की, महासमिति सदस्य शोभा उलक, जिल्ला सचिव झलक नेपाललगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी