३ भदौ, काठमाडौं । कालिकोटमा जन्मेर सानै उमेरदेखि राजनीति सँगसँगै पत्रकारिता क्षेत्रमा लागेका जन्मदेव जैसी माओवादी आन्दोलनका एक पुराना पत्रकार हुन् । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा र्जैसीले खुल्ला सदस्यमा लड्दैछन् ।
क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य जैसी पत्रकारिता सँगसँगै मजदुर आन्दोलनका एक नेता समेत हुन् । केही समय छापाखान मजदुर संगठनको अध्यक्ष भएका जैसी अहिलेपनि मजदुरको हक हितका निम्ति निरन्तर सशक्त लडिरहने एक योद्धा हुन् ।
जैसीले १८ वर्षदेखि निरन्तर पत्रकारिता काम गर्दै आएका हुन् । उनले २०५६ सालदेखि काम सुरु गरेका थिए । सुरुमा उनले समदृष्टि, साँघु, जनएकता, जनआव्हान, जनदिशा, प्रकाश साप्ताहिक हुँदै नेपाल एफएम, जनादेश साप्ताहिक, सौर्य साप्ताहिक र राजधानी दैनिकमा वरिष्ट उपसम्पादक रही ४ वर्ष काम गरेका थिए ।
राजधानी, कान्तिपुर, गोरखापत्र, नेपालवाणीलगायतका सञ्चार गृहमा न्युनतम पारिश्रमिक उपलब्ध गराउन संघर्षको नेतृत्व गरी आंशिक रुपमा श्रमिक पत्रकारका पारिश्रमिक बढाउन भूमिका खेलेको, श्रमजिवीको पक्षमा लडेकै कारण पेशाबाटै विस्तापित गर्न ठुला मिडिया मालिकले षड्यन्त्र गरेपनि हाल ननस्टपखबर डट कम र इमान्दार डटकममा काम गरिरहेका छन् ।