भोली (अाइतवार )यो वर्षकै ठूलो सूर्यग्रहण लाग्ने ! ग्रहणमा के के गर्नु हुँदैन ? जान्नुहोस्

भोली (अाइतवार )यो वर्षकै ठूलो सूर्यग्रहण लाग्ने ! ग्रहणमा के के गर्नु हुँदैन ? जान्नुहोस्

  • शनिबार, भदौ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

यसपटक भदौ ४ का दिन सूर्यग्रहण लाग्ने भएको छ । नेपाली समय अनुसार, यो ग्रहण राती ९ बजेर ३० मिनटमा शुरु भएर दुई बजेर ४९ मिनेटमा समाप्त हुने छ ।

नेपालमा भने यो बेला रात पर्ने भएकोले यहाँबाट सूर्य ग्रहण देखिने छैन । अमेरिकी संस्था नासाले यसको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । यो ग्रहणलाई वर्ष २०१७ को सबैभन्दा ठूलो ग्रहणका रुपमा लिइएको छ ।

के हो सूर्यग्रहण
सूर्यग्रहण एक प्रकारको ग्रहण हो जब चन्द्रमा, पृथ्वी र सूर्यको मध्यबाट भएर जान्छ तथा पृथ्वी बाट हेर्दा सूर्य पूर्ण अथवा आंशिक रूपमा चन्द्रमा द्वारा छेकिन्छ । भौतिक विज्ञान का दृष्टिले यदी सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँछ भने चन्द्रमाको पछाडी सूर्यका किरणहरू केही समयका लागि छेकिन्छन , त्यसै घटनालाई सूर्यग्रहण भनिन्छ। पृथ्वीले सूर्यको परिक्रमा गर्छ भने चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ । कहिले काहीं चन्द्रमा, सूर्य र पृथ्वीको बीचमा आउँछ। त्यसबेला सूर्यको केही या सबै प्रकाश छेक्दछ । जसले गर्दा धर्तीमा अँध्यारो फैलिन्छ । यस घटनालाई सूर्यग्रहण भनिन्छ । सूर्यग्रहणको घटना सदा सर्वदा अमावस्या तिथीमा नै पर्दछ ।

धेरै जसो चन्द्रमाले सूर्यको केही भागलाई मात्र छेक्दछ । यो स्थितिलाई खण्डग्रास-ग्रहण भनिन्छ । कहिले कहीं मात्र चन्द्रमाले सूर्यलाई पूरा छेक्दछ । यसलाई पूर्ण-ग्रहण अथवा खग्रास ग्रहण भनिन्छ । पूर्ण-ग्रहण धर्तीको धेरै कम क्षेत्रमा मात्र देख्न सकिन्छ । धेरैमा धेरै दुई सय पचास (२५०) किलोमीटरको सम्पर्कमा मात्र पूर्ण ग्रहण देख्न सकिन्छ । यस क्षेत्र भन्दा बाहिर खण्ड-ग्रहण मात्र देखिन्छ । पूर्ण-ग्रहणको समयमा चन्द्रमालाई सूर्यको अगाडीबाट जानमा दुई घण्टाको समय लाग्दछ । चन्द्रमाले सूर्यलाई धेरैमा धेरै, सात मिनटसम्म पुरा छेक्दछ । यसमा केही समयको लागी आकाशमा अँधेरो हुन जान्छ, या दिनमा रात हुन्छ ।

ज्योतिष विज्ञानका दृष्टिले सूर्यग्रहण
ग्रहण प्रकृ्तिको एक अद्भुत चमत्कार हो । ज्योतिषका दृष्टिकोणले हेर्ने हो भने अभूतपूर्व, विचित्र ज्योतिष ज्ञान, ग्रह र उपग्रहरूको गतिविधि एवं उनिहरूको स्वरूप स्पष्ट गर्दछ । सूर्यग्रहण (सूर्योपराग) सूर्य आंशिक अथवा पूर्ण रूपले चन्द्रमा द्वारा आवृ्त (व्यवधान / बाधा) भएको बेला पर्दछ । यस प्रकारका ग्रहणको लागी चन्द्रमालाई पृथ्वी र सूर्यको बीचमा आउनु आवश्यक छ । यसमा पृ्थ्वीमा रहनेहरूलाई सूर्यको आवृ्त भाग देखिन्न ।

सूर्यग्रहण हुनाको लागि निम्न कुराहरू पूरा हुनु आवश्यक छ ।

अमावस्या तिथी हुनु पर्छ।

चन्दमाको रेखांश राहू या केतुको नजिकै हुनु पर्छ ।

चन्द्रमाको अक्षांश शून्यका नजिक हुनुपर्छ ।

उत्तरी ध्रुवलाई दक्षिणी ध्रुवमा मिलाउने रेखाहरूलाई रेखांश भनिन्छ तथा भूमध्य रेखाका चारै तर्फ वृ्ताकारमा जाने रेखाहरूलाई अंक्षाशका नामले चिनिन्छ । सूर्यग्रहण सदैव अमावस्यामा नै हुन्छ । जब चन्द्रमा क्षीणतम हुन्छ र सूर्य पूर्ण क्षमता संपन्न तथा दीप्त हुन्छ साथै चन्द्र र राहू या केतुको रेखांश निकै निकट हुन्छ, चन्द्रको अक्षांश लगभग शून्य हुन्छ भने तब सूर्यग्रहण पर्दछ । यस्तो तब हुन्छ जब चन्द्र रविमार्गमा या रविमार्गको निकट हुन्छ , सूर्यग्रहणका दिन सूर्य र चन्द्रका कोणीय व्यास एक समान हुन्छन् । यस कारण चन्द्र सूर्यलाई मात्र केही मिनट नै आफ्नो छायामा लिन सक्छ । सूर्यग्रहणका समय जुन क्षेत्र छेकिन्छ उसलाई पूर्ण छाया क्षेत्र भनिन्छ ।

सूर्यग्रहणको सम्बन्धमा ऋषि-मुनियहरूका कथन
ऋषि-मुनिहरूले सूर्यग्रहण लागेको समयमा भोजन गर्न न हुने भनेका छन्, किन भने उनको मान्यता अनुशार ग्रहणको समयमा कीटाणुहरू बहुल्यताले फैलिन्छन् । खाद्य वस्तु, पानी आदिमा सूक्ष्म जीवाणु एकत्रित भएर दूषित गर्दछन् । यसैले ऋषिहरूले भाँडाहरूमा कुश राख्नु पर्छ भनेका छन्, यसो गर्दा सबै कीटाणुहरू कुशमा एकत्रित हुन्छन् र उनलाई ग्रहण पछि फाल्न सकिन्छ । भाँडहरूमा अग्नि हालेकर पवित्र बनाइन्छ यसो गर्नाले कीटाणु मर्छन् । ग्रहण पछि स्नान गर्नाको विधान बनाइएको छ स्नान गर्नेबेला शरीर भित्र ऊष्माको प्रवाह बढेर, भीत्र-बाहिरका कीटाणुहरू नष्ट हुन्छन् ।

पुराणहरूको मान्यता अनुसार राहु चन्द्रमालाई तथा केतु सूर्यलाई ग्रस्दछ । यि दुवै छायाँका सन्तान हुन् । चन्द्रमा र सूर्यको छाँयाका साथ-साथै जान्छन् । चन्द्र ग्रहणको समयमा कफको प्रधानता बढ्दछ र मनको शक्ति क्षीण हुन्छ, त्यस्तै सूर्यग्रहणको समयमा जठराग्नि, नेत्र तथा पित्तको शक्ति कमजोर पर्दछ । गर्भवती स्त्रीलाई सूर्य-चन्द्र ग्रहण हेर्न हुन्न, किन भने उसका दुष्प्रभावले शिशु अङ्गहीन भएर अपाङ्ग बन्न सक्छ, गर्भपातको सम्भावना बढ्न जान्छ । यसको लागी गर्भवतीको उदर भागमा गोबर र तुलसीको लेप लगाइन्छ, यसो गर्नाले राहु-केतु उसलाई स्पर्श गर्दैनन् । ग्रहणको समयमा गर्भवती महिलालाई कुनै पनि चिज कैंची या चक्कुले काट्न रोकिन्छ र कुनै वस्त्रादि सिउन बाट पनि रोकिन्छ । किन भने यस्तो गर्नाले शिशुका अङ्गहरू या त काटिन्छन् या सिल एक अर्कोमा जोडिन्छन् भन्ने मान्यता छ ।

ग्रहण लाग्नु भन्दा पहिले नदी वा घरमा उपलब्ध जलले स्नान गरेर भगवानको पूजन, यज्ञ, जप गर्नु पर्छ। भजन-कीर्तन गरेर ग्रहणको समयलाई सदुपयोग गर्नुपर्छ । ग्रहणको समयमा कुनै कार्य न गर्नु । ग्रहणको समयमा मन्त्रको जप गर्नाले सिद्धि प्राप्त हुन्छ भन्ने मान्यता छ । ग्रहणको अवधिमा तेल लगाउनु, भोजन गर्नु, जल पिउनु, मल-मूत्र त्याग गर्नु, कपाल कोर्नु, रति-क्रीडा गर्नु, दाँत माँझ्नु वर्जित गरिएको छ । केही मान्छेहरू ग्रहणको समयमा पनि स्नान गर्दछन् । ग्रहण समाप्त भए पछि स्नान गरेर ब्राह्मणलाई दान दिने विधान छ । कतै-कतै वस्त्र, भाँडा आदी धुने नियम पनि छ । पुरानो पानी, पुरानो अन्न नष्ट गरेर नयाँ भोजन पकाउनु पर्छ । ताजा पानी भरेर पिउनु पर्छ । ग्रहण पछी शुद्रलाई दान दिनाको अधिक माहात्म्य बताइएको छ, किनकी शुद्रलाई राहु-केतुको स्वरूप मानिन्छ ।

सूर्यग्रहणमा ग्रहण भन्दा चार प्रहर पहिले र चन्द्र ग्रहणमा तीन प्रहर पहिले भोजन गर्न हुन्न। वृद्ध बालक र रोगी एक प्रहर पहिले सम्म खान सक्छन् ग्रहण पूरा भए पछि सूर्य वा चन्द्र, जसको ग्रहण होस्, ग्रहणका दिन पात, सिनका, दाउरा और फूल बटुल्न हुन्न । कपाल तथा वस्त्र निचोर्नु हुन्न र दन्त धावन गर्नु हुन्न । ग्रहणको समयमा ताल्चा खोल्न, सुत्न, मल मूत्र त्याग गर्नु, मैथुन गर्न र भोजन गर्न – यि सबै कार्य वर्जित छन् । ग्रहणको समयमा मनमा सत्पात्रलाई उद्देश्य गरेर जलमा जल हाल्नु पर्छ । यस्तो गर्नाले दिनेलाई उसको फल प्राप्त हुन्छ र लिनेलाई उसको दोष पनि लाग्दैन । ग्रहणको समयमा गाईलाई घाँस, पक्षिहरूलाई अन्न, जरुरतमन्दहरूलाई वस्त्र दानले अनेक गुणा पुण्य प्राप्त हुन्छ । देवी भागवतमा भूकम्प एवं ग्रहणको अवसरमा पृथ्वीलाई खनन गर्नु हुन्न भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ