पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

  • शनिबार, भदौ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं, भदौ ३ ।
नेपाल पत्रकार महासंघको आइतबारदेखि काठमाडौंमा हुने २५ औं महाधिवेशको निर्वाचन कार्यतालिका आज सार्वजनिक भएको छ ।

प्राध्यापक चिरञ्जीवी पौडेल संयोजकत्वको निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिका अनुसार आज १० बजे मतदाताको नामावली प्रकाशन गरिएको छ । मतदाता नामावलीमाथि दाबी विरोध गर्ने समय आजै १२ बजेसम्मका लागि छुट्याइएको छ ।

मतदाताको अन्तिम नामावली प्रकाशन आजै ४ बजे गरिने निर्वाचन समितिले जनाएको छ ।

महासंघको नयाँ नेतृत्वका लागि उम्मेदवार बन्न चाहनेले उम्मेदवारी दर्ता गर्ने समय भोलि दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म छुट्याइएको छ । अन्तिम नामावली प्रकाशन भोलि दिउँसो पौने ४ बजे हुनेछ ।

उम्मेदवार उपरको दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिन चाहनेका लागि भोलि अपराह्न पौने ४ बजेदेखि १ घन्टाको समय छुट्याइएको छ । उम्मेदवारको अन्तिम नामावली भोलि बेलुका ५ बजे प्रकाशित गर्ने निर्वाचन समितिले जनाएको छ ।

महासंघको नयाँ नेतृत्वका लागि सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । मतगणना मतदान सकिएलगत्तै गर्ने कार्यतालिकामा उल्लेख छ ।

महासंघको महाधिवेशनमा यसपटक कांग्रेसनिकट प्रेस युनियन र माओवादी केन्द्रनिकट प्रेस सेन्टरबीच तालमेल भएको छ । यो गठबन्धनबाट सभापतिमा गोविन्द आचार्यले उम्मेदवारी दिने भएका छन् ।

एमालेनिकट प्रेस चौतारीले तीर्थ कोइरालालाई उम्मेदवार बनाउने भएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ