भोली (शनिवार) देखि बिराटनगर विमानस्थल पुनः सञ्चालनमा आउने

भोली (शनिवार) देखि बिराटनगर विमानस्थल पुनः सञ्चालनमा आउने

  • शुक्रबार, भदौ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं ,२ भदौ ।

बाढीको पानी पसेपछि एक सातादेखि अबरुद्ध बिराटनगर विमानस्थल भोली विहान ९ वजेदेखि सञ्चालनमा आउने भएको छ ।

बिहान ९ वजे शौर्य एयरलायन्सको पहिलो उडान हुने विराटनगर नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

कार्यालयका निर्देशक सुरेशमान सिंहले शनिवार शौर्य एयरलाईन्सको २ र यति एयरलाइन्सको २ गरि ४ वटा उडान हुने तथा बुद्ध र नेपाल एयरलायन्सले सोमवार र मंगलवारदेखि उडान भर्ने जानकारी दिनुभयो ।

यसअघि बुद्ध एयरलायन्सले ६, यतिले ४, शौर्यले २ र नेपाल एयरलायन्सले एउटा नियमित उडान भर्दै आएका थिए ।

हवाई इन्धनमा समेत बाढीको पानी मिसिएकाले तत्काललाई काठमाडौंबाट नै जहाजमा इन्धन भरेर ल्याउनुपर्ने अबस्था रहेको सिंहले बताउनुभयो । भण्डारण गरिएको २ लाख ५७ हजार ९ सय लिटर इन्धनमा पानी मिसिएको छ ।

यस्तै, रनवे लाइट बिग्रेकोले राति विमानस्थल सञ्चालन गर्न नसकिने भएको छ । सिंहका अनुसार पहिलेकै अबस्थामा विमानस्थल सञ्चालनमा आउन एक महिना लाग्छ । रनवे लाइट बिग्रेकोले अहिले भिएफआर प्रबिधिबाट दिनमा जहाज अबतरण र उडान हुने सिंहले बताउनुभयो ।

सिंहले भन्नुभयो, ‘आइओएफआर प्रबिधिको लाइट बिग्रेकोले समस्या भएको छ, आइओएफआर प्रबिधिको इन्स्ट्रक्शन र बल्ब बिग्रेकोले त्यो ल्याएर सम्पूर्ण रुपमा मर्मत गर्न एक महिना लाग्छ ।’

बाढीका कारण विराटनगर बिमानस्थलको १० करोड भन्दा बढीको क्षति भएको निर्देशक सिंहले बताउनुभयो । विमानस्थलमा रहेको दुबै वटा एक्स–रे मेसिन बिग्रेकोले अन्य ठाउँबाट उक्त मेशिन ल्याउने पहल समेत भइरहेको छ । काठमाडौंपछिको व्यस्त र अन्तर्रा्ष्ट्रिय मापदण्ड पूरा गरेको विराटनगर विमानस्थल गत शुक्रवार राती ८स्३० वजेपछि अबरुद्ध भएको छ ।

बाढीले जलमग्न भएको र बाढीले बगाएर ल्याएको हिलोले सो बिमानस्थल अबरुद्ध भएको हो । पानी घटेपछि बाढीले बगाएर ल्याएको हिलो सोमवार ४ वजेदेखि १ सय ६० जना सेना परिचालन गरेर आजसम्म सफाई गरेपछि सञ्चालनमा आउने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी