काठमाडौं, भदौ २ । नयाँ शक्ति पार्टी नेपालले आफ्नो पार्टीका १५ जना सदस्यलाई पार्टीबाट निष्काशन गरेको छ ।
सो पार्टीका संयोजक डा. बाबुराम भट्टराईले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका संघीय परिषद सदस्य देवेन्द्र पौडेल, बामदेव क्षत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिर्पाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाइँ, शर्मिली तामाङ, रत्न राना र रविन्द्र सुनुवारसहितका १५ जनालाई पार्टीबाट निष्काशन गरेको जनाएका छन् ।
उनीहरुले पार्टीविरोधी गतिविधि गरिरहेको आरोप लगाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline