मन्त्री शाही र जापानी राजदूत भेटवार्ता

मन्त्री शाही र जापानी राजदूत भेटवार्ता

  • शुक्रबार, भदौ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

 

काठमाडौँ, २ भदौ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले शिष्टाचार भेटघाट गर्नुभएको छ ।

ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री शाहीले जापान सरकारलाई ऊर्जा, सिँचाइ र खानेपानीका लागि एकीकृत परियोजना निर्माणमा लगानी गर्न आग्रह गर्नुभयो ।

जापान नेपालको एक भरपर्दो विकास साझेदार राष्ट्र भएको बताउँदै उहाँले ऊर्जा क्षेत्रमा जापानले एक नमूना परियोजना निर्माण गर्नुपर्नेमा जोड दिनुभएको मन्त्री शाहीको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्री शाहीले भौतिक पूर्वाधार, कृषि, बागवानी, निर्माण, सञ्चार र मानव संशाधन विकासमा जापानी सहयोग उल्लेख्य रहेकाले जापानले ऊर्जा क्षेत्रमा नमूना परियोजना निर्माण गरेमा त्यसको महत्व निकै ठूलो हुने बताउनुभयो ।

जवाफमा राजदूत ओगावाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न जापान सकारात्मक रहेको बताउँदै तनहुँ जलविद्युत् आयोजना जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)को सहयोगमा जलविद्युत् परियोजना निर्माण भइरहेको बताउनुभयो ।

उहाँले नमूना परियोजनाका लागि आफूहरुले ठोस खाका तयार गर्ने वचन दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ