सभा कार्यक्रम प्रारम्भ भएलगत्तै केही गुण्डा र प्रहरीको साथ लिएर शुक्रबार अपरान्ह १२ बजे सभास्थल प्रवेश गरेर माओवादी केन्द्रका नेता मातृका यादवले स्वयम्ले बिथोल्ने काम गरेको आयोजक पक्षले जनाएको छ । आक्रमणपछि दोहोरो भीडन्त चलेको थियो ।
मातृका यादव हातपातमा उत्रिएपछि झडप भएको छ । झडपमा आधा दर्जनभन्दा बढी घाइते भएका छन् भने नेकपा ६ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । यादवले ‘माओवादी केन्द्रको नेतृत्व आक्रमण हुन्छ, याद गर्नुस्’ भन्दै प्रहरीलाई हस्तक्षेप गर्न लगाएका थिए । यादव आफंले स्पिकर फ्याँक्ने, मञ्च भत्काएका थिए ।
हस्तक्षेपपछि नेकपा कार्यकर्ताले प्रतिकार गरेको जनसाँस्कृतिककर्मी रमण थामीले बताए । प्रतिकारका क्रममा ब्यूरो इन्चार्ज सन्देश पौडेल, धमिललाई चोट लागेको छ । दुई पक्षबीच दोहोरो भीडन्त चलिरहँदा प्रहरी मौन बसेको आरोप घाइतेहरुले लगाए ।
प्रहरीले ब्युरो इन्चार्ज सन्देस पौडेल, राजु कार्की, देव, धर्मिल, लक्ष्मण, आइडियललगायत ६ जनालाई पक्राउ गरेको छ । पक्राउपछि नेकपा कार्यकर्ताले प्रहरी हस्तक्षेप र पक्राउ गरिएकाहरुको तत्काल रिहाईको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरिएको थियो । अहिले प्रहरीले भीडन्तस्थलदेखि ५ सय मिटरसम्म कसैलाई प्रवेश गर्न रोक लगाएको बताइएको छ ।
जनयुद्धका बेला ढल्केवरमा तत्कालीन सरकारको निर्देशनमा प्रहरीले नियन्त्रणमा लिई सहिद यादवको सोही स्हथानमा त्या गरिएको थियो ।